१६ चैत्र २०८० शुक्रबार
समाज

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता

आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन्।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले हालमा म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको बताएका हुन्।

उनले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताए। महानिरीक्षक सिंहले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताए। उनले निर्वाचनका लागि आवश्यक सुरक्षा परिचालन दिनेकुरा सम्बन्धित मन्त्रालयबाट प्राप्त भइसकेको बताए।

उनले भने, ‘म्यादी प्रहरीको संख्या निक्र्यौल भइसकेको छैन। तर स्थानीय निर्वाचनको भन्दा धेरै हुनेछ। यो संख्या हामीले रिभ्यू गर्दैछौँ। आवश्यक संख्यामा प्राप्त हुनेछ भन्ने आश्वासन आएको छ। ४० दिनको लागि भर्ना गरिनेछ। स्थानीय निर्वाचनमा भर्ना भएका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ। त्यो भन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ। यसमा लाग्ने आवश्यक खर्च, तिनीहरुलाई गत स्थानीय निर्वाचनमा पाए सरहको सुविधा हुनेछ। यो प्रारम्भिक छलफलको चरणमा छ। हामी मंसिर ४ को निर्वाचनको तयारीमा छौँ। प्रारम्भिक चरणमा गरिने कामको तयारीमा छौँ। म्यादी प्रहरी, नेपाल प्रहरीहरु खटाउँदा लाग्ने खर्चको बारेमा गृह मन्त्रालयमा पठाइसकेका छौँ।’

उनले नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताए।

प्रकाशित: २६ श्रावण २०७९ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App