२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय सरकारको विरुद्ध भोलिदेखि मधेस सरकार धर्नामा बस्ने

संघीय सरकारले प्रहरी समायोजन गरी प्रहरी प्रशासन प्रदेश सरकारको मातहतमा नदिएको भन्दै मधेस सरकारले संघीय सरकारको विरुद्ध आन्दोलन घोषणा गरेको छ।

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शनिबार पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको कार्यक्रम सर्वजनिक गरेका हुन्। मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि भोलिदेखि १ हप्तासम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना बस्ने बताए।

उनले भने, 'एक हप्तासम्म पनि संघीय सरकारले हाम्रो माग सम्बोधन गरेन भने दोस्रो चरणको आन्दोलन घोषणा गर्नेछौँ।' सो धर्ना कार्यक्रममा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको अगुवाहरुको सहभागिता रहने  मन्त्री साहले बताए। संघले प्रहरी समायोजन रोक्ने र प्रदेशले जसरी पनि प्रहरी प्रशासन प्रदेश सरकारको मातहतमा ल्याउने कसरत गरिरहेका छन्।

प्रहरी समायोजनको लागि बारम्बार ताकेता गरेतापनि संघ सरकारले कुनै चासो नदेखिएकाले अब मधेस सरकारले प्रहरी समायोजनलाई आन्दोलनबाटै टुंग्याउने निष्कर्ष निकालेको हो। मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आगामी चुनाव अगाडिनै प्रहरी समायोजन गरेर र प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत ल्याएर चुनावमा जाने बताएका छन्।

यसअघि  मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने माग राखी मन्त्री साहसहित प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माको लगायत प्रदेश सांसदहरुले प्रदेश प्रमुखमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएको थियो ।

प्रकाशित: २८ श्रावण २०७९ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App