२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

धनुषाको पूर्वी क्षेत्रका गाउँगाउँमा साइकल गस्ती

समाजमा भइरहेको अपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि प्रहरीले साइकल गस्ती सुरु गरेको छ। इलाका प्रहरी कार्यालय यदुकूहाले मातहतमा पर्ने टोलटोलमा साइकल गस्ती सुरु गरेको हाे। धनुषाको पूर्वी क्षेत्रको गाउँगाउँमा साइकल गस्ती सुरु गरिएको प्रहरीले जनाएको छ।

'नागरिकका समस्यालाई नजिकबाट देख्न र सुन्न साइकल गस्ती सुरु गरेका छौँ, प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने, 'यसले गर्दा दूरदराजमा प्रहरीको उपस्थिति बढ्नुका साथै जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छन्।' उनले अपराधिक घटना न्यूनिकरण, लागूऔषध नियन्त्रण, महिला तथा घरेलु हिंसा न्यूनिकरण र जनचेतनामूलक कार्यक्रम गर्न साइकल गस्तीले सजिलो बनाएको उनले बताए।

'हामीसँग प्रयाप्त स्रोत–साधन नभएकाले साइकलमै गस्ती गरेर अपराध न्यूनिकरण र जनचेतनामूलक कार्यक्रम गर्न थालेका हौँ, उनले भने,'यो अभियानलाई प्रभावकारी बनाउने योजना छ।' वर्षाका कारण ग्रामीण सडकहरुमा अझै पनि यातायातका साधनहरु नपुगेकाले साइकल गस्ती प्रभावकारी हुने उनको बुझाइ छ। हाल इलाका प्रहरी कार्यलय यदुकूहामा ५ वटा साइकल रहेको उनले बताए।

प्रहरी निरीक्षक ढकालका अनुसार साइकल गस्तीले सकेसम्म इन्धनको पनि बचत गर्छ र शारीरिक हिसाबले पनि साइकल गस्ती प्रभावकारी हुने उनले बताए। साइकल गस्तीको सुरु दिन सहिद नगरपालिका-३ इलाका प्रहरी कार्यालयदेखि वडा-७ धबौलीसम्म साइकल गस्ती गरेको प्रहरी निरीक्षक ढकालले बताए।

'अहिले हामीसँग ५ वटा मात्रै साइकल भएपनि गस्ती गर्न सजिलो भएको छ' प्रहरी निरीक्षक ढकालले भने, 'गाडी नपुग्ने ठाउँमा पनि गस्ती गर्न सजिलो भएको छ।' इलाका प्रहरी कार्यालय यदुकूहा मातहतका सबै यूनिटहरुबाट साइकल गस्ती सुरु गरिने योजना रहेको उनले बताए।

प्रकाशित: २४ श्रावण २०७९ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App