१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लाखे जात्रामा पैसा माग्दा कुटपिट, ३ जना घाइते

साउनदेखी भाद्रसम्म चल्ने बर्खे मेलाको लाखे जात्रामा पैसा माग्दा कुटपिट भएको छ। दुल्लु नगरपालिकाको मुख्य बजार किर्तीखम्वामा लाखे नाच देखाइ रहँदा लाखे र भक्कुले स्थानीयसँग पैसा माग्ने क्रममा विवाद हुँदा ३ जना घाइते भएका हुन्।

मेला आयोजकले एक सय रुपैँया मागेको र कार्यालय तर्फ फर्किएका दुई कर्मचारीले २० रुपैँया दिएपछि आपसी विवाद हुँदा कुटाकुट भएको हो। दुई कर्मचारीसहित एक मेला आयोजक घाइते भएका हुन्। विद्युत कार्यालय दुल्लु फिउज सेवामा कार्यरक्त कर्मचारी कृष्ण भण्डारी र आशिष रावल घाइते भएका छन्।

उनीहरुको टाउको र मुखमा चोट लागेको छ। त्यस्तै मेला आयोजक २१ वर्षका रेशन भण्डारी घाइते भएका छन्। घाइते भण्डारीलाई ढुंगाले हिर्काउदा टाउकोमा ७ वटा टाका लागेको छ। विद्युत मर्मतका लागि दुल्लुनगरपालिकाको रिजुपोखराबाट फर्किएका विद्युत कर्मचारीसँग पैसा माग्दा विवाद बढेपछि दोहोरो कुटपिट भएको थियो।

भनाभन हुँदा सुरुमा मेला आयोजक र कर्मचारीविच कुटपिट भएको थियो।  विद्युत कर्मचारीहरुले प्रयोग गरेको मोटरसाइकल समेत तोडफोड गरिएको छ। इलाका प्रहरी कार्यालय दुल्लुले दुवै घाइतेहरुले दिएको निवेदन दर्ता भएको छैन।

सामाजिक संस्कृति परम्पराअन्र्तगत मेला देखाइएकाले आपसी समझदारी हुनुपर्ने स्थानीयहरु बताउँछन्। दुवै पक्ष घाइते देखिएकाले आपसी समझदारीमा मुद्दा समाधान गर्न समय दिएको र यदि समाधान नभए मुद्दा दर्ता गरिने दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद साहले बताए।

प्रकाशित: २१ श्रावण २०७९ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App