१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो। कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले कारबाहीको प्रक्रिया अघि बढाएको थियो।

बोक्सी आरोपमा महिलामाथि कुटपिट

पचरौता नगरपालिका ५ बेल्दारीमा सोमबार एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।

खुल्यो पाल्पा-बुटवल सडक खण्ड

पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ। अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।

अमेरिकन पेस्तोलसहित तीन भारतीय नगरिक पक्राउ

सशस्त्र प्रहरी धनुषाले अमेरिकन पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार बिदेह नगरपालिका-१ स्थित महिनाथपुर नाकाबाट पक्राउ परेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।

मुक्तिनाथ बैंकद्वारा नेपाल प्रहरीसँग साझेदारी

मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त मालीगाँउलाई विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेको छ।

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्।

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन्।

राहदानी विभाग अगाडि एक विद्यार्थी मृत भेटिए

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ। कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्