२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

अमेरिकन पेस्तोलसहित तीन भारतीय नगरिक पक्राउ

सशस्त्र प्रहरी धनुषाले अमेरिकन पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार बिदेह नगरपालिका-१ स्थित महिनाथपुर नाकाबाट पक्राउ परेको हो। पक्राउ पर्नेमा भारतको विहार राज्यको जिल्ला मुजफ्फरपुर ७ साहेबगंजका २९ वर्षीय राहुल रंजन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय संजय कुमार रहेको सशस्त्र प्रहरीले जनाएका छन्।

भारतको सितामरहीबाट महिनाथपुर नाका हुँदै भारततर्फ जाँदै गरेको बिआर ०६ एपी ३००८ नम्बरको मारुति सुजुकी कारलाई चेकजाँच गर्दा सिटमुनीबाट मेड इन युएसए लेखिएको ७.६५ एमएमको गोली लोड भएको पेस्तोल बरामद भएको छ।

बिओपी प्रमुख प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा सशस्त्र प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू सवार कारमा बियरको बोतल र लागुऔषध प्रयोग गर्ने सिरिन्ज पनि भेटिएको सशस्त्र धनुषाका एसपी प्रकाशकुमार सुवेदी जनाए। पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ। 

प्रकाशित: १३ असार २०७९ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App