२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बोक्सी आरोपमा महिलामाथि कुटपिट

पचरौता नगरपालिका ५ बेल्दारीमा सोमबार एक महिलामाथि बोक्सीको आरोपमा  कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। बोक्सीको आरोपमा ओसी अख्तर अन्सारीकी श्रीमति जयदा खातुनलाई दुर्व्यवहार गर्दै कुटपिट गरेको बारा प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएकी खातुनको सोमबारदेखि प्रादेशिक अस्पताल कलैयामा उपचार गरिएको छ। घरमा एक्लै भएको बेला नसरुदीन मियाँ अन्सारी, फुलमहम्मद अन्सारी, तबरेज अन्सारी लगायतको समूहले बोक्सीको आरोप लगाउँदै लछार-पछार गरेर कुटपिट गरेको पीडित जयादा खातुनले आरोप लगाएकी छिन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बोक्सी आरोपमा कुटपिट गरी घाइते बनाएको घटनाका दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएका छन्। कुटपिट गरिएकी महिला र कुटने व्यक्तिहरु काका र बुहारी भएका अनुसन्धानबाट देखिएको थापाले बताए।

कुटने पक्षहरुले आफूहरु बोक्सीको आरोपमा नभएर जग्गाको पुरानो रिसवी रहेको र सोमबार साईकलले ठक्कर दिएको विषयमा झै-झगडा हुँदा कुटाकुट भएको बताएका छन् भने पीडित महिला पक्षले बिना कारण बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरी कुटपिट गरिएका दाबी गरेको थापाले बताए। घटनालाई बोक्सी र जग्गाको पुरानो विवाद दुवै तरिकाले अनुसन्धान सुरु गरिएको उनले बताए।

प्रकाशित: १४ असार २०७९ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App