६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

दश किलो गाँजासहित दुई युवक पक्राउ

सर्लाही प्रहरीले प्रतिबन्धित लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १ का २० वर्षीय जितेन्द्रकुमार महतो र २४ वर्षीय रबिनकुमार महतो रहेका छन्। लालबन्दीनपा १ मा रहेको गोरु बजारमा ना ३७ प ४८९५ नम्बरको मोटरसाइकललाई शंकालागी चेकजाँचगर्दा प्रहरीले दशकिलो गाँजा बरामद गरेको हो।

मोटरसाइकलको बिच भागमा स्याउको खाली कार्टुनभित्र रातो प्लास्टिकले बेरिएको अवस्थामा दुई पोका गाँजा बरामद भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी गराएका छन्।

प्रकाशित: १४ असार २०७९ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App