५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

लुम्बिनी प्रदेशः चुनिए सभामुख र उपसभामुख

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख चयन भएका छन्। सभामुखमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका तुलाराम घर्ती र उपसभामुखमा पनि सत्ता गठन्धनकै तर्फबाट राप्रपाकी मेनुका केसी खाँड निर्वाचित भए।

निर्वाहमुखी विकासको अर्थ छैनः उपसभामुख भुसाल

‘विकासले सिमित क्षेत्र ओगटेको छ, उनले भनिन्, ‘आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन भए मात्र राष्ट्र विकसित हुन्छ।’ उनले भ्रष्टाचारमुक्त अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएकी छिन्। जबसम्म राष्ट्रको अर्थतन्त्र भ्रष्टाचार मुक्त हुँदैन तबसम्म विकास निर्वाहमुखी मात्र हुने उनको भनाइ छ।

उपसभामुख पदमा पुष्पा भुसालको मनोनयन दर्ता

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खालि छ।

आज उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै

आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै छ। निर्वाचन भोलि शुक्रबार हुँदैछ।

संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दोः वामदेव गौतम

उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए।

‘संसद्लाई जीवन्त र जनमुखी बनाउने काम भइरहेको छ’

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे।

संसद्लाई जीवन्त र जनमुखी बनाउने काम भइरहेको छ: सभामुख सापकोटा

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान-प्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे।

दुई वर्षदेखि उपसभामुखविहीन संसद्

संविधान बमोजिम संविधान बमोजिम उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने तथा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ भने प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

सभामुखले भने : प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन

सभामुख अग्नि सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको बताएका छन्। चार वटा राजनीतिक दल आवद्ध महिला संगठनको ज्ञापनपत्र बुझ्दै सापकोटाले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको बताए।

कहिले हुन्छ उपसभामुख निर्वाचन?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कारण प्रतिनिधिसभाको उपसभामुख पद २०७६ माघ १२ गतेदेखि खाली छ। सभामुखको निर्वाचन भएलगत्तै खाली भएको उपसभामुख पदको निर्वाचन आठ महिना बित्न लाग्दा पनि सरकार र सत्तारूढ दलले चासो राखेको छैन।

नयाँ गाडी र भवन नलिने उपसभामुख तामाङ चर्चामा

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले नयाँ गाडी, नयाँ निवास(स्वकीय सचिवालय)भवनको विनियोजित वजेट फिर्ता गर्ने जनमुखी निर्णय लिएसँगै चर्चामा छिन् । कोरोना भाइरस(कोभिड–१९)का रोकथाम र संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर सुविधा नलिने घोषणा गरेपछि सामाजिक संजालमा उनको धेरैले तारिफ गरिरहेका छन् ।

उपसभामुखको निर्वाचन अन्योलमा

प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन्। गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिए पनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन्।

उपसभामुख निर्वाचन लम्बिदै

प्रतिनिधि सभाको उपसभामुख पद माघ १२ गतेदेखि खाली छ। सभामुखको निर्वाचन भएलगत्तै खाली भएको उपसभामुख पदको निर्वाचन तत्कालै हुने सम्भावना छैन।

राजपालाई उपसभामुख दिने नेकपाको तयारी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्