coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशः चुनिए सभामुख र उपसभामुख

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख चयन भएका छन्।  सभामुखमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका तुलाराम घर्ती र उपसभामुखमा पनि सत्ता गठन्धनकै तर्फबाट राप्रपाकी मेनुका केसी खाँड निर्वाचित भए। 

मंगलबार सभामुख र उपसभामुख चयनका लागि निर्वाचन तोकिएको थियो।  तर दुबै पदमा एक÷एकजनाको मात्रै उम्मेदवारी परेपछि उनिहरुलाई सभामुख र उपभामुखमा निर्विरोध निर्वाचित घोषणा गरिएको थियो।  सभामुखमा सोमबार माओवादीका घर्तीको मात्रै उम्मेदवारी परेको थियो।  उपभामुखमा भने तीन जनाको उम्मेदवारी परेको थियो।  तर अन्य दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि खाँड पनि निर्विरोध निर्वाचित भईन्।  

सोमबार कांग्रेसका तर्फबाट बिश्वप्रेम पाठक र नागरिक उन्मुक्ती पार्टीका तर्फबाट निर्मला देबी थारुले उम्मेदवारी दिएकी थिईन्।  ‘हाम्रो दलका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवार र नागरिक उन्मुक्ती पार्टीका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो उम्मेदवारी फिर्ता लिनु भयो,’ लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले नागरिकसंग भने ‘दुबै जनाले उम्मेदवारी फिर्ता लिएपछि उपसभामुखमा सर्वसम्मत भयो। ’ यि दुई दलका उम्म्ेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएको भएपनि उपसभामुखमा सत्ता गठबन्धनकै उम्मेदवार निर्वाचित हुने पक्का पक्की थियो।  

यसैविच लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आगामी ५ गते बिश्वासको मत लिने भएका छन्।  ५ गते बस्ने संसदको बैठकमा मुख्यमन्त्री गिरीले बिश्वासको मत माग्ने कार्यक्रम तय भएको प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले जानकारी दिए।  नेकपा एमाले संसदीय दलका नेता  गिरी गत पुस २७ मा मुख्यमन्त्री चयन भएका थिए।  कुल ८७ सांसद संख्या रहेको यो प्रदेशसभामा गिरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई एमालेका २९, माओवादीका १०,राप्रपाका ४, जनता समाजवादीका ३, जनमत पार्टीका ३,नागरिक उन्मुक्ती पार्टीका ४, लोकतान्त्रीक समाजवादीका ३,स्वतन्त्र २ सहित ५८ सांसदले मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए।  यहाँ बहुमत पुग्नका लागि ४४ सांसद संख्या आवश्यक पर्छ।  ५ गते बिश्वासको मत माग्न थालेका मुख्यमन्त्री गिरीले बिश्वासको मत पाउने पक्का पक्की जस्तै छ।  यहाँ गठबन्धनमा आवद्ध दलहरुको स्पष्ट बहुमत छ।          

प्रकाशित: ३ माघ २०७९ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App