६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुखले भने : प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन

सभामुख अग्नि सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको बताएका छन्। चार वटा राजनीतिक दल आवद्ध महिला संगठनको ज्ञापनपत्र बुझ्दै सापकोटाले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको बताए। उनले पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको जानकारी दिएका थिए।  

संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे। आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए।  

अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ र विवेकशील साझा महिलाले सभामुखलाई प्रधानमन्त्रीको कदमका बारेमा ज्ञापनपत्र बुझाएका थिए।

 

प्रकाशित: १६ पुस २०७७ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App