राजपालाई उपसभामुख दिने नेकपाको तयारी
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले उपसभामुख माग्न कांग्रेस संसदमा कमण्डलु लिएर नआएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरेर सभामुखमा उम्मेदवारी दिएन भनेर अपव्याख्या भएको बताए।
प्रतिनिधिसभाको सभामुखको उम्मेवारीसँगै उपसभामुख पद खाली भएको छ। उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अब यो पदमा कसलाई ल्याउने भन्ने विषय चर्चामा छ।
नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दावी हुने स्पष्ट पारेको छ। सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्। नेपालको संविधानको धारा ९१ को उपधारा(६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमावलीअनुसार उनले सोमबार राजीनामा दिएकी हुन्।
प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिने घोषण गरेकी छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै आफू मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको जानकारी तुम्बाहाङ्फेले गराएकी हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताएका छन्।
उपसभामुख शिवमायाँ तुम्वाहाङ्फेले आफुनै सभामुख पदको दावेदार भएको बताएकी छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यो स्वभाविक भएको समेत बताएको छन्। 'उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ ? छैन', भन्दै प्रश्न गरेकी छन्।
प्रतिनिधिसभा सभामुख छान्न सत्तारूढ दल नेकपालाई सकस भइरहेका बेला उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दुई अध्यक्षलाई सभामुखको उम्मेदवार टुंगो लगाउन चुनौती दिएकी छिन्। प्रधानमन्त्री निवास बालुवाटरमा उनले आइतबार दुई अध्यक्षसँग भेटघाट गरेकी थिइन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ नेकपाले ययअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृत्तिको सशक्त प्रतिवाद गर्ने बताए।
बैठकको निष्कर्ष सुनाउँदै बुधबार सञ्चारकर्मीसँग उपसभामुखहरूले भने– आफ्नो सिकाइको क्रममा थप जिम्मेवारी अपेक्षा गर्छाैं।
सङ्घीय संसद र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयता अनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाएका छन्।
संघीय संसद र प्रदेश सभाका उपसभामुखहरुले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेका छन्। संघीय संसद र सबै प्रदेशका उपसभामुखहरुको मंगलबार काठमाडौं बसेको संयुक्त बैठकले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेको हो।