२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद गतिरोधको कारक उपसभामुख : नेता गजुरेल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता गजुरेलले संसदको गतिरोध हटाउनु उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताए। उनले उपसभामुखले राजीनामा नदिएसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि राजीनामा दिनुपर्ने बताए। उनले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्ने समेत बताए। पार्टीका दुवै अध्यक्षले उनलाई राजीनामा दिन आग्रह गरेको बताउँदै राजिनामा नदिने भए पार्टीले सोही अनुसार अगाडी बढ्ने समेत बताए। उनले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसार नै चयन हुने प्रष्टाए। उनले उपसभामुखले राजीनामा नदिदा सम्म बहस गर्नुको कुनै अर्थ नहुने समेत बताए।

नेता गजुरेलले अहिलेको गत्यावरोधको अवस्था कुनै नौलो कुरा नभएको समेत बताए। उनले पार्टी महाधिवेसन नहुँदासम्म पावर सेयरिङ हुनैपर्ने समेत बताए।

प्रकाशित: २ माघ २०७६ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App