१० मंसिर २०८१ सोमबार
image/svg+xml

महिलाहिंसाबारे पाठ्यक्रम बनाउने तयारी

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समाजमा बढ्दै गएको महिलाहिंसा न्यूनीकरण गर्न विद्यालयस्तरका पाठ्यक्रमै हिंसाविरुद्धका पाठ समावेश गरिने सरकारी तयारी भइरहेको बताएकी छिन्।

सातै प्रदेशका सभामुख र उपसभामुखको राष्ट्रपतिसँग भेट

सातै प्रदेशका सभाभुख र उपसभामुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमायाँ तुम्बाहाम्फे सहित सातै प्रदेशका सभामुख र उपसभामुले राष्ट्रपति भण्डारीसँग सोमबार भेट गरेका हुन्।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै अदालतमा रिट दायर

प्रदेश नं. ५ मा कांग्रेसले संविधान अनुरुप प्रदेशसभाको सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने मागसहित अदालतमा रिट दायर गरेको छ। काँग्रेसका तर्फबाट प्रदेश सभाको उपसभामुखकी उम्मेदवार सांसद रीना नेपाल विश्वकर्माले उच्च अदालत तुलसीपुर दाङ्गको बुटवल इजलासमा मंगलबार रिट दायर गरेकी हुन्।

सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नं. ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। काँग्रेसले संसदको सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै सदन अवरुद्ध गरेपछि बैठक स्थगीत भएको हो।

हतारमा पारित भए दुई विधेयक : झुक्किए सांसद, अलमलमा उपसभामुख

प्रदेश नं ४ का बजेटसँग सम्बन्धित दुई विधेयकहरु एकै दिन दफाबार छलफल गरि पारित भएका छन्। संवैधानिक व्यवस्था बमोजिक असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता र बजेटसँग सम्बन्धित कर र गैह्रकर सँग सम्बन्धित विधेयक र वित्त व्यवस्थापन सम्बन्धिको विधेयक बिहिबार सदनमा छलफल गरि पारित गरिएको हो।

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न माग गरेका छन्।

सभामुख र उपसभामुखसम्बन्धी सवैधानिक व्यवस्था कार्यान्वयन माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन्।

सत्तापक्षले सभामुख-उपसभामुख नछाड्ने

संविधानमा एकै दलमा प्रतिनिधिसभा र प्रदेशसभाको सभामुख उप सभामुख फरक फरक दलका हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुवै पद नछाड्ने भएको छ।

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ।

फोरमद्वारा तीन मन्त्रालय, एक राज्य मन्त्री र उपसभामुख माग

सरकारमा जानै लागेको संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल एमाले,माओवादी केन्दसँग तीनवटा मन्त्रालय,एक राज्यमन्त्री र उपसभामुख पद मागेको छ।

दासता छिचोलेर उपसभामुख

बुटवलस्थित पाँच नम्बर प्रदेशसभा भवन । उपसभामुख चयन कार्यतालिका बमोजिम आइतबार प्रदेशसभामा निर्वाचन हुँदै थियो । प्रदेशसभा भवनको पछिल्लो पंक्तिमा थिइन्– उपसभामुख पदकी उम्मेदवार कृष्णी थारु ।

पूर्व कम्लहरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

प्रदेश नम्बर ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्।

प्रदेश नम्बर ४ को उपसभामुखमा ३ को उम्मेदवारी

प्रदेश नम्बर ४ को उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ। बिहान ९ बजेदेखि ११ बजेसम्मको निर्धारित समयमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए।

बडाल उपसभामुखमा निश्चित

प्रदेश ७ मा माओवादी केन्द्रका दार्चुलाका प्रदेशसभा सदस्य निर्मला बडाल जोशी उपसभामुख हुने भएकी छन । प्रदेश सचिवालयले प्रकाशित गरेको निर्वाचन तालिकाअनुसार शनिबार उपसभामुखका लागि जोशीको मात्र मनोनयन दर्ता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्