अपांगता भएकाको प्रश्न: विपद्मा हामी कसरी बच्ने?
विपद्का बेला अपांगता नभएका मानिस सहजै सुरक्षित स्थानसम्म पुग्न सक्छन्। उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन। तर अपांगता भएकाका लागि विपद् कहालीलाग्दो हुने गरेको छ। किनकी अपांगता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपांगता भएका व्यक्ति भने जहिँको तही हुने गर्छन। किनकी यहाँ मानव निर्मित संरचना अपांगतामैत्री छैनन्।