२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

विपद्सँग जुध्न विद्यालयलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ: उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन्।

महानगरपालिकाले आज भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

उपप्रमुख डंगोलले धेरै मानिसहरूको सङ्ख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताइन्।

उनले विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन। डंगोलले भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने पनि बताइन। विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने धारणा राखिन्।

उनले भनिन, ‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ। हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११ औँ नम्बरमा पर्छ। त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ। त्यसका लागि महत्त्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ। पूर्व तयारीलाई काठमाडौँ महानगरले प्राथमिकतामा राखेको छ। आगामी दिनमा भूकम्पबाट जोगिन र भूकम्पमात्रै नभइ विभिन्न विपद्बाट जोगिनका लागि हामीले संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्छ। भूकम्प लगायतका विपद्मा हामीले हाम्रो स्थानीय प्रविधि प्रयोग गर्न सक्ने क्षमता छ, त्यो प्रयोग गरौँ। त्यसको अध्ययन अनुसन्धान गर्नुपर्छ । विद्यालयको पुनः निर्माण गर्ने काम थाल्नुपर्ने जरुरी छ, त्यसको लागि स्थानीय सरकारको श्रोतले मात्रै नपुग्न सक्छ। सबैले मिलेर काम गर्न आवश्यक छ। विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्बाट जुध्न थेग्ने संरचना निर्माण गरौँ।’

प्रकाशित: २ माघ २०८० ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App