१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

यो चुनावमा अराजकता होइन, स्थायित्व रोजौँ : खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक उम्मेदवार खुश्बु ओलीले उक्साउने र गैरजिम्मेवार अभिव्यक्तिबाट समाजलाई विभाजन गर्ने राजनीति खतरनाक भएको बताएकी छन्।

यो चुनावमा अराजकता नभइ स्थायित्व रोज्न आग्रह गर्दै उनले यस्तो बताएकी हुन्। ओलीले गल्ती स्वीकार्नुको सट्टा प्रविधिको नाममा जिम्मेवारीबाट भाग्नु झन् गम्भीर अपराध भएको बताइन्। नेपाल मेलमिलाप, सहिष्णुता र सांस्कृतिक सम्मानमा बनेको राष्ट्र भएकाले विभाजन नभएर एकताको पक्षमा मतदान गर्न उनले आग्रह गरिन्।

'उक्साउने र गैरजिम्मेवार अभिव्यक्तिबाट समाजलाई विभाजन गर्ने राजनीति खतरनाक छ। गल्ती स्वीकार्नुको सट्टा प्रविधिको नाममा जिम्मेवारीबाट भाग्नु झन् गम्भीर अपराध हो,' उनी सामाजिक सञ्जालमा लेख्छिन्, 'नेपाल मेलमिलाप, सहिष्णुता र सांस्कृतिक सम्मानमा बनेको राष्ट्र हो। यो चुनावमा अराजकता होइन, स्थायित्व रोजौँ। विभाजन होइन, एकताको पक्षमा मतदान गरौँ।'

प्रकाशित: १७ माघ २०८२ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App