१४ आश्विन २०८१ सोमबार
image/svg+xml

विपद्पछि पूर्वाधार

२०७२ को विध्वंसकारी भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गर्‍यो । तर त्यही भूकम्पले केही क्षेत्रमा नयाँ अवसरको ढोका पनि खोल्ने काम गर्‍यो । भूकम्पपछि क्षतिग्रस्त भवनले नयाँ मुहार फेर्न मात्रै पाएनन्, वर्षौंदेखि मर्मतसम्भार नपाएर जीर्ण भएका स्वास्थ्य चौकी, विद्यालय तथा सरकारी भवनलेसमेत नयाँ स्वरूप पाए । त्योभन्दा अझै बढी सांस्कृतिक धरोहरहरूले पनि नयाँ जीवन पाए ।

वालिङमा 'जनस्वास्थ्य विपद्' घोषणा

वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।

ताप्लेजुङको फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने

लक्षण बेगरका कोरोना संक्रमित र शंकास्पदलाई राख्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने भएको छ।

विपद्को त्यो क्षण

२०७२ मा सबैभन्दा बढी जोखिम बेहोरेको सिन्धुपाल्चोकले फेरि पनि थप सजगता अपनाउन सकेन भने तुलनात्मकरूपमा बढी क्षति बेहोर्नुपर्ने हुन्छ नै ।

विपद् अध्ययन कार्यदल बनाउन प्रस्ताव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा आइपरेका विपत्तिको अध्ययन र तिनले निम्ताएका समस्या समाधानका लागि सुझाव कार्यदल गठन गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन्।

मनसुनको दुई महिना : विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

‘विपद् व्यवस्थापनका लागि प्रदेशमा बजेट छैन’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले विपद् व्यवस्थापनका लागि मन्त्रालयमा बजेट नभएको बताएका छन्। प्रदेशसभा अर्थ तथा विकास समितिले बिहीबार गरेको छलफलमा उनले विपद् व्यवस्थापनका लागि भनेर छुट्टै कोष नहुँदा बजेटको अभाव भएको बताए। बजेट अभाव हुँदा पनि प्रदेश सरकारले राहात तथा उद्धारको काम गरिरहेको बताए।

२४ घण्टामा २६ विपद् : ८ जनाको मृत्यु, २ बेपत्ता, लाखौं क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो सोमबार बिहान १० बजेदेखि आज मंगलबार बिहान १० बजेसम्म मुलुकका १४ स्थानमा पहिरो, ७ स्थानमा अविरल वर्षा र ५ स्थानमा आगलागीका विपद् भएका हुन् ।

विपदमा ‘विकास’को भाग

हामीले भन्ने गरेका विकासलाई विपद्सँग जोडेर हेरौँ । नेपालमा मुख्यरूपमा विकासका रूपमा सडक विस्तार, सहरीकरण, भौतिक संरचना निर्माण आदि विशेषगरी विपद्सँग जोडिएका छन् ।

हेलिकोप्टर किन्ने गृहको प्रस्तावमा अर्थ तगारो

गृहले कम्तीमा एमआई १७ हेलिकोप्टर किन्न आवश्यक बजेट व्यवस्था गरिदिन अर्थसँग प्रस्ताव गरेको थियो। गृहले विपद्का बेला प्रयोग गर्नेगरी हेलिकोप्टर किन्न २०७२ सालदेखि अर्थसँग बजेट माग्दै आएको छ।

विपद् रोक्न विकास नीति परिवर्तन आवश्यक : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन् । मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

विपदमा परी कर्णालीमा २५ को मृत्यु

विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी पाँच जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।

योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबानलगायतका विपद् रोकथाम र नियन्त्रणका लागि वाग्मती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड रकम विनियोजन गरेको छ।

तीन महिनाको विपद् : कूल १५५ को मृत्यु, ५२ बेपत्ता

मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्