coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपदमा परी कर्णालीमा २५ को मृत्यु

फाइल फोटो ।

विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी पाँच जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।  

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको छ । हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब ६ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: ७ श्रावण २०७७ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App