१४ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङको फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने

लक्षण बेगरका कोरोना संक्रमित र शंकास्पदलाई राख्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने भएको छ।  

जिल्ला विपद् व्यवस्थापन समिति र कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आइतबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले बाल कल्याण केन्द्रको पुरानो भवनमा यस्तो आइसोलेसन कक्ष बनाइने निर्णय भएको बताए। यसको अगुवाइ फुङ्लिङ नगरपालिकाले गर्ने भएको छ।  

अहिले ताप्लेजुङ जिल्ला अस्पतालमा १० शैयाको आइसोलेसन कक्ष रहेको छ। अक्सिजन अनिवार्य चाहिने तथा चिकित्सककको निगरानीमा रही उपचार गराउनुपर्ने अवस्थाका बिरामीलाई मात्र ताप्लेजुङ अस्पतालको आइसोलेसन कक्षमा पठाउने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको तयारी छ। अवस्था सामान्य भएका र कोरोनाको लक्षण नभएका संक्रमित र शंकास्पद रहेकालाई भने नयाँ बन्ने आइसोलेसन कक्षमा राख्ने तयारी गरिएको छ। बाल कल्याण केन्द्रको पुरानो भवनमा आइसोलेसन कक्ष तयार भएपछि अहिले क्वारेन्टिनको रुपमा प्रयोगमा आइरहेकमो ताप्लेजुङ उद्योग बाणिज्य संघको भवन खाली गरिने भएको छ।  

बाल कल्याण केन्द्रको पुरानो भवनलाइ सेफ हाउस(यौन हिंसा तथा दुव्र्यवहार र उत्पीडनको शिकार भएका महिला तथा बालिकालाई परार्मशका लागि राखिने कक्ष)को रुपमा रुपान्तरण गर्ने तयारी भइरहेको छ। सेफ हाउसको मोडेल प्रयोगमा नआउँदासम्म यहिँ भवनलाई आइसोलेसन कक्षको रुपमा उपयोग गरिने छ। पुरानो भवन तर प्रयोग गर्न मिल्ने प्रकृतिको भएकोले सो भवनलाई अहिले केहि मर्मत गरी आइसोलेसन कक्ष बनाइने छ।  

सेफ हाउसको स्वरुपमा लैजान बिस्तृत परियोजना प्रतिबेदन(डिपीआर) तयारीको काम भइरहेकोले सेफ हाउसको स्वरुपमा पुगेपछि आइसोलेसन कक्ष यहाँबाट हटाउने तयारी रहेको फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए। स्थानीय तह साझेदारी कार्यक्रममार्फत सेफ हाउस निर्माण तथा मर्मत सम्भारको कार्य हुने भएको छ।

प्रकाशित: २३ कार्तिक २०७७ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App