१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

२४ घण्टामा २६ विपद् : ८ जनाको मृत्यु, २ बेपत्ता, लाखौं क्षति

फाइल तस्बिर

मुलुकभर गत २४ घण्टामा २६ वटा विपदका घटना भएका छन् ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो सोमबार बिहान १० बजेदेखि आज मंगलबार बिहान १० बजेसम्म मुलुकका १४ स्थानमा पहिरो, ७ स्थानमा अविरल वर्षा र ५ स्थानमा आगलागीका विपद् भएका हुन् ।

ती घटनामा परेर ८ जनाको मृत्यु, २ जना बेपत्ता र ६ जना घाइते भएका छन् भने पहिरोका कारण तीन ठाउँमा बाटो बन्द भएको प्राधिकरणले मंगलबार जारी गरेको दैनिक विपद् बुलेटिनमा उल्लेख छ ।  मृत्यु भएका र बेपत्ता भएका १० जना नै पहिरोमा परेका हुन् ।  

विस्तृत विवरण तलको बुलेटिनमा :

प्रकाशित: १३ श्रावण २०७७ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App