२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आक्रामक फुटबलतिर नेपाल

नेपालले शनिबार इराकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो। अट्याकिङ फुटबल खेल्यो। यद्यपि गोलकिपर र रक्षकबीचको तालमेल अभावमा लगातार गोल व्यहोरेसँगै २–१ को अग्रताबाट नेपाल अन्तत ६–२ ले निराश हुन पुग्यो।

नेपाली फुटबल टोली इराक जाँदै

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ।

फुटबलर विल तामाङको निधन

हङकङबाट डेढमहिना अघि मात्रै स्वदेश फर्किएका फुटबलर एवं प्रशिक्षक विल तामाङले मंगलबार मानवचोलाबाट विश्राम लिए ।

बाक्सिला र बुईपा एलाभेन स्पोर्टस् क्लव लिग च्याम्पियन

प्रतियोगिता अन्तरगत (ए) डिभिजन लिगमा बाक्सिला फुटबल क्लव र (बी) डिभिजनमा बुईपा एलाभेन स्पोर्टस् क्लव च्याम्पियन बनेको छ।

किरण धनगढीका आइकोनिक खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुलाई बिहीबार आइकोनिक खेलाडीका रूपमा भित्र्याएको छ। किरणले एनएसएलसँगै पाँच वर्षपछि नेपाली घरेलु फुटबलमा पुनरागमन गर्न लागेका हुन्।

आहारारा गोल्डकप:उपाधि जित्नेमा अफ्रिकन र संकटा क्लव विश्वस्त

आहा–रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिश्पर्धाको लागि शनिबार विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र संकटाक्लबबीच हुने छ ।

अब्दुलालाई जिम्मेवारी

‘म नेपालीका लागि आएको हुँ र उनीहरूलाई खुसी दिन आएको हुँ। मेरा लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ,’ थ्री नेसन्स कपमा नेपाली टोलीको खेल नियालेका अल्मुटाइरीले थपे, ‘म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ तर खेलाडीको प्रदर्शन भने राम्रो हुनेमा विश्वस्त छु। खेलाडीमा त्यो सम्भावना देखेको छु।’

मन्त्रिपरिषद् बैठक: त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ। एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो। दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए।

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलः बंगलादेशविरुद्ध २-१ले नेपाल बिजयी

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेलमा नेपाल बिजेता बनेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलदेशविरुद्ध २–१ ले जित हासिल गरेको हो। खेलको पहिलो हाफ सकिदा नेपालले २–० को अग्रता बनाएको थियो।

मेयरकप फुटबल उपाधि कटारी ३ लाई

उदयपुरको कटारीमा सम्पन्न ‘तेस्रो मेयरकप फुटबल प्रतियोगिता ०७७’को उपाधि कटारी ३ ले सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा गतवर्षकै बिजेता कटारी ३ ले कटारी ५ लाई १–० सहज गोल अन्तरले पराजित गर्दै उपाधि कायम राखेको हो ।

गिरिजाप्रसाद कोइराला स्मृति फुटबलः पहिलो खेलमा धरान उपमहानगरपालिका विजयी

धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

विराटनगर सिटी फुटबल क्लबको उद्घाटन

विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरिएको छ। क्लबले काठमाडौंमा हुने नेशनल सुपर लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको छ।

त्रिदेशीय फुटबल प्रतियोगिता: किर्गिस्तानलाई कमजोर नआँक्ने

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बिहीबार त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानी युवा टोलीको सामना गर्दा उनीहरूलाई कमजोर नआँक्ने बताएका छन्।

त्रिदेशीय कपमा उत्कृष्ट नतिजाको आशा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट सुरु हुने त्रिदेशीय फुटबल प्रतियोगितामा आफ्नो टोलीले उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन्। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानको यु–२३ टोलीबीच खेल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्