१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलः बंगलादेशविरुद्ध २-१ले नेपाल बिजयी

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेलमा नेपाल बिजेता बनेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलदेशविरुद्ध २–१ ले जित हासिल गरेको हो। खेलको पहिलो हाफ सकिदा नेपालले २–० को अग्रता बनाएको थियो।

खेलको १८ औं मिनेटमा संजोग राईले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। त्यस्तै ४२ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरी नेपालको अग्रतालाई दोब्बर बनाएका थिए।

त्यसपछि खेलको ८३ औं मिनेटमा बंगलदेशीको तर्फबाट जवाफी १ गोल गर्दै नेपालको अग्रतालाई खुम्च्याएको थियो। बंगलदेशको तर्फबाट सब्सिच्युट महाबुबुर रहमानले गोल गरेका थिए। 

प्रकाशित: १६ चैत्र २०७७ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App