coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गिरिजाप्रसाद कोइराला स्मृति फुटबलः पहिलो खेलमा धरान उपमहानगरपालिका विजयी

धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

जिपि फाउन्डेसन प्रदेश १ खेलकुद विभागको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा उर्लाबारी नगरपालिकालाईं हराउँदै धरान उपमहानगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो। इटहरी रंगशालामा भएको खेलमा उर्लाबारी माथि २–० को जित निकाल्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो।  

धरानको जितमा एन्सन राइ र मिलन लिम्बुले एक-एक गोल गरे। राइले खेलको ५१ औं मिनेटमा गोल गरे। लिम्बुले खेलको ८३ औं मिनेटमा गोल गरे। खेलको म्यान अफ दि म्याच धरानकै एन्सन घोषित भए।  

शनिबारको खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच हुनेछ। प्रतियोगितामा प्रदेश नं. १ का आठवटा नगरपालिकाका टिम सहभागी छन्। प्रतियोगिताको विजेता टिमले २ लाख र उपविजेतालाई १ लाख पुरस्कार नगद पुरस्कार पाउने छन्। चैत २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने आयोजकले जनायो।  

प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार नेपाली काँग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले गरेका थिए। तर, बिहीबार ढिलो गरि उद्घाटन भएकाले गर्दा खेल समय अभावमा स्थगित गरिएको थियो। जसले गर्दा शुक्रबारदेखि मात्र खेल सुरु भएको हो।

प्रकाशित: १३ चैत्र २०७७ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App