१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

आहारारा गोल्डकप:उपाधि जित्नेमा अफ्रिकन र संकटा क्लव विश्वस्त

शनिबार फाइनल

फाईनल अघिको प्रेस कन्फ्रेन्समा उपाधि उचाल्दै दुवै टोली । तस्बिर उमेश पुन÷नागरिक

आहा–रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिश्पर्धाको लागि विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र संकटाक्लबबीच हुने छ ।  

दुवैको एउटै लक्ष्य हो उपाधि उचाल्ने । दुवै टोली पहिलो पटक फाईनलमा पुगेका हुन् । उपाधि आफनो नाममा लेखाएर इतिहास कोर्न दुवै टोली आतुर र संयमित छन् । पोखराको मैदानमा विदेशी टोली र घरेलु ए डिभिजन क्लब फाईनल प्रतिस्पर्धा भने पोखरामा दोस्रो पटक हो । यसभन्दा अघि चौथो आहा गोल्डकपको फाईनलमा अफ्रिकन युनाईटेडले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धामा उत्रिएको थियो । उपाधि अफ्रिकन टोलीको नाममा लेखिएको थियो ।  

गोल्डकपमा अफ्रिकन रुट्सको सहभागिता पहिलो हो । संकटाको सहभागिता भने यो छैटौं हो । पाँचौ सहभागितामा फाईनल यात्रा तय गर्न नसकेको संकटा क्लब अहिले भने बलियो प्रतिस्पर्धीलाई पन्छाएर उपाधि यात्रामा आईपुगेको हो । ‘पोखराको मैदानमा उपाधि उचाल्ने लक्ष्यमा छौं,’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘उपाधि विमुख हुन चाहदैनौं ।’ अफ्रिकन टोलीलाई पराजित गर्न सकस हुने भएपनि उपाधिको लागि खेलाडीहरुले प्रदर्शनमा कुनै कसर नराख्ने विश्वास प्रशिक्षक खड्गीको थियो ।  

संकटाको टिम यतिबेला निकै सन्तुलनमा रहेको छ । मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै अघि बढेको संकटाले उपाधि यात्रामा आफुलाई अब्बल बनाएको छ । विदेशी खेलाडीलाई पनि टोलीमा समावेश गरेको छ । विदेशी खेलाडीसँग घरेलु खेलाडीको सन्तुलनताले उपाधिमा दाबेदारिता रहने संकटाको विश्वास छ ।  

अफ्रिकन टोलीले पनि पोखराको मैदानमा पहिलो सहभागितामै उपाधि उचालेर फर्किने लक्ष्यमा छ । उपाधि उचाल्ने दोस्रो विदेशी टोलीमा आफनो नाम समावेश गर्ने ध्यान केन्द्रीत छ । चौथो बागमती गोल्डकप उचालेर पोखरा आईपुगेको अफ्रिकन रुट्स फाईनलको यात्रासँगै निकै उत्साहित समेत बनेको छ । अफ्रीकाका प्रशिक्षक फाइनललाई लिएर निकै उत्साहित छन् । प्रशिक्षक सिंगे बोरिसले पोखराको गोल्डकपको प्रतिष्ठालाई बुझेको र उपाधिको लागि कडा मेहनत गर्ने स्पष्ट पारे । 

प्रकाशित: २७ चैत्र २०७७ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App