२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

विराटनगर सिटी फुटबल क्लबको उद्घाटन

विराटनगर सिटी फुटबल क्लबको लोगोसहित उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र क्लबका अध्यक्ष अनुप रञ्जन भट्टराई । तस्बिरः चुमन/नागरिक

विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरिएको छ। क्लबले काठमाडौंमा हुने नेशनल सुपर लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको छ।  

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा औपचारिक रूपमा क्लबको लोगोसहित उद्घाटन गरे। लिगसहित क्लबबाट खेलाडीले व्यवसायिकता पाउने बताउँदै मुख्यमन्त्री राईले भने,‘प्रदेशलाई खेलकुदको हबका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार अघि बढेको छ। प्रदेशलाई खेलाडीको उर्बर प्रदेश भनेर चिनाउनका लागि योजना तयार गर्दै गरेको बताए। सरकारले प्रदेशमा खेलकुदका लागि विशेष योजनासमेत बनाएको बताए।’  

क्लबका अध्यक्ष अनुप रञ्जन भट्टराईले औपचारिक रुपमा क्लबको स्थापना गरिएको बताउँदै क्लबको मुख्यायल विराटनगरलाई बनाउने बताए। काठमाडौंमा हुने लिगको तयारीका लागि क्लबले १४ जना खेलाडीलाई अनुबन्ध गरिसकेको र खेलाडीले चाँडै नै विराटनगरमै प्रशिक्षण गर्ने बताए।  

लिगका लागि गत फेब्रुअरीमा क्लब गठन गरेको बताउँदै क्लबका प्रमुख कार्यकारी अधिकृत शुभाशिश कोइरालाले भने, ‘काठमाडाैंमा खेलाडी खरिदका क्रममा उर्लाबारीका रजिन धिमाललाई मर्कीका रुपमा लिएको हुँदा लिगका लागि बलियो उपस्थिति हुनेछ भने क्लबले महिला टोलीसमेत बनाउने योजनामा रहेको छ।’

खेलाडी खरिदका क्रममा क्लबले मर्की धिमालसँगै १४ जनालाई समावेश गरेको छ। जसमा किशोर गिरी, अशोक थापा, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विक्रम धिमाल, सूर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशील लामा, सुनिल खड्का, दीपक राई र निरकुमार राई रहेका छन्। क्लबका प्रशिक्षक हाल नेपालबाहिर रहेको हुँदा चैत अन्तिम साताभित्र क्लबमा आइसक्ने बताइएको छ। वैशाख ११ गतेबाट २५ गतेसम्म काठमाडौं हुने लिगमा सात वटा क्लबले सहभागिता जनाएका छन्।

प्रकाशित: १३ चैत्र २०७७ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App