बन्दाबन्दी खुकुलो : बाँकेका किसान खुशी
बन्दाबन्दी खुकुलो भएसँगै नेपालगञ्जको फलफूल तथा तरकारीको थोक बजार पुनः सञ्चालनमा आएको छ ।
बन्दाबन्दी खुकुलो भएसँगै नेपालगञ्जको फलफूल तथा तरकारीको थोक बजार पुनः सञ्चालनमा आएको छ ।
पुनर्वास कञ्चनपुरका कल्लु राना यतिबेला रोपाइँ सकेर रासायनिक मलको खोजीमा छन्। कहिले कुनै सहकारी त कहिले कृषि सामग्री पाइने पसल धाउन थालेका छन्। रोपाइँ गरेकै दिन खेतमा हाल्नुपर्ने युरिया अहिलेसम्म उनले हाल्न सकेका छैनन्।
सुदूरपश्चिमका किसान यतिबेला मैझारो मनाउँदै रमाउन थालेका छन् । समय अगावै पानी पर्दा रोपाइँ सुरु गरेका किसान यतिबेला यसपालिको अन्तिम रोपाइँ (मैझारी) मा व्यस्त छन् ।
प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्र्तगत आज रु। १२ करोड ५० लाख अनुदान वितरण गरेको छ । प्रदेशको कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरेर कुल १२ करोड १० लाख ९७ हजार १३४ अनुदानको रुपमा बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान प्रदान गरेको हो ।
पुनर्वास कञ्चनपुरका कल्लु राना यतिबेला धान रोपाइँ सकेर रासायनिक मलको खोजिमा छन् । कहिले कुनै सहकारी त कहिले कृषि सामग्री पाइने पसल धाउन थालेका छन् । रोपाइँ गरेकै दिन खेतमा हाल्नुपर्ने युरिया अहिलेसम्म उनले हाल्न सकेका छैनन् । ‘धान रोपेको १५ दिन वितिसक्यो, मल हाल्न पाएकै छैन,’ उनले भने,‘धान रोपेकै दिन हाल्नु पर्छ, तर अहिलेसम्म मल नपाउँदा खेतमा हाल्न सकेको छैन ।’
आर्थिक वर्षको अन्तिम दिन । वीरेन्द्रनगर–२ का कृष्ण खत्री सहकारी संस्थाबाट लिएको चार लाख ऋण तिर्न नसकेर भौतारिरहेका थिए । सहकारीले पटक–पटक ताकेता गरिरहेपछि उनले आफूसँग रहेका तीन मध्ये एक भैंसी बिक्री गरे ।
खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर मालदेलका किसान राजकुमार राईले हरेक वर्ष मौसमी काँक्रा र तिते करेला उत्पादन गरेर लाखौं आम्दानी लिन्थे। तर, यसपल्टको लकडाउनका कारण राईले बगानभरी उत्पादन गरेको काँक्रा र तिते करेला खेर गएको छ।
गत वर्ष भन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भएसँगै गोरखामा धमाधम रोपाई चलिरहेको छ । १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गोरखामा करिब सात हजार हेक्टरमा रोपाँई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जुम्लाको पातारासी गाउँपालिकामा सहल पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो ।
कोरोना भाइरस (कोभिड–१९) बुटवल उपमहानगरपालिकाले किसान लक्षित गरि प्रोत्साहन स्वरुप किसानलाई आर्थिक सहयोग गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरूलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
गैंडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।
चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
‘दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ,’ कटुवाल भन्छन्, ‘घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लगाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दै छ । कहिले चाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौं ?’
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङका मिङ्मानोर्बु शेर्पाले कृषि पेशामा सर्मपित भएर दिन बिताएको करिव १२ वर्ष भयो । बाजेले जे गरे उनका बाबुले पनि त्यहिँ । बाबुको लय छोरा मिङ्मा नोर्बुले समेत समाउँदै आए । ‘परम्परागत खेती गरिँदो रहेछ,यसो मौसम हेर्यो, त्यसलाई सुहाउँदो खेती गर्न थालिहाल्यो’ मिङ्मानोर्बुले भने ।
गेरुवा गाउँपालिका–१ का बगहिका ५४ वर्षिय कुलापानी चौधरी घनश्याम थारुको तीन दिन अघिदेखि रात दिन खेतमा बास छ ।