१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रदेश सरकारद्धारा किसानलाई कोभिड–१९ विशेष अनुदान वितरण

प्रदेश नं ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलबाट शुक्रबार कृषक समूहलाई चेक हस्तान्तरण । सो प्रदेशले उत्पादन प्रवद्र्धनमा आधारित कृषक सहयोग एवं कोभिड विशेष कृषि कार्यक्रमअन्तर्गत समूहलाई चेक प्रदान गरेको छ । तस्बिर : रासस

प्रदेश नं ५ सरकारले कृषि क्षेत्रमा कोभिड–१९ ले पारेको असरलाई राहत पुर्याउन तथा कृषि उत्पादन प्रवद्र्धनमा आधारित कार्यक्रमअन्तर्गत कृषकलाई प्रत्यक्ष राहत पुग्नेगरेर अनुदान वितरण गरेको छ ।  

प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्र्तगत आज रु। १२ करोड ५० लाख अनुदान वितरण गरेको छ । प्रदेशको कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरेर कुल १२ करोड १० लाख ९७ हजार १३४ अनुदानको रुपमा बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान प्रदान गरेको हो ।  

प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयबाट उत्पादन प्रवद्र्धनमा आधारित कृषि उपजमध्ये दुग्धतर्फ ३१ सहकारीलाई रु। सात करोड ४८ लाख ६६ हजार ७४ प्रदान गरिएको छ । यसबाट सात हजार १६९ महिला र सात हजार ४८० पुरुष गरेर १४ हजार ६६९ दुग्ध उत्पादन तथा वितरक किसान लाभान्वित भएका मन्त्रालयले जनाएको छ ।  

यस्तै खसी बोका कारोवार गर्ने १९ सहकारीलाई ४५ लाख पाँच हजार ३५० वितरण गरिएको र यसबाट १३ हजार ७६२ कृषक लाभान्वित भएका छन् । कोभिड विशेष कृषि कार्यक्रमअन्र्तगत दुग्धतर्फ ९३ सहकारी संस्थामार्फत रु। दुई करोड ७८ लाख एक हजार दुई सय उपलब्ध गराइएको छ । यसबाट १६ हजार ७३१ महिला र १२ हजार ४३५ पुरुष गरि २९ हजार १५६ कृषक लाभान्वित भएका छन् । कुखुरातर्फ रु। एक करोड १८ लाख २८ हजार गरी २२४ परिवार लाभान्वित भएका छन् ।

प्रदेश सरकारले उत्पादन प्रवद्र्धनमा आधारित र कोभिड विशेष अनुदान कार्यक्रममा गरेर जम्मा ११ करोड ७४ लाख नौ हजार १३४ नगद अनुदान प्रदान गरेको मन्त्रालयले जनाएको छ । सरकारले दुग्ध कृषकका लागि उत्पादनमा आधारित रकम प्रति लिटर दुई र कोभिड–१९ का लागि प्रति लिटर १० उपलब्ध गराएको छ ।

यस्तै प्रदेशको कृषि विकास निर्देशनालयले कोभिड–१९ विशेष कार्यक्रमअन्र्तगत रु। ३६ लाख ८८ हजार किसानलाई बिज वृद्धि र सामग्री खरिदमा अनुदान सहयोग प्रदान गरेको छ । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले किसान समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गरे ।

कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाका अनुसार यसबाट कुल २७३ किसान लाभांवित भएका छन् । अनुदान बाट पाँच हजार ८८४ किसान लभांवित भएका छन । मन्त्री पौडेलले कोभिड–१९ का कारण रोजगारी गुमाएर बसेका व्यक्तिका लागि कामगर्ने विशेष अवसर रहेको बताए ।

प्रदेश सभा कृषि वन वातावरण समितिका सभापती विजयबहादुर यादवले किसानलाई राहत वितरण गर्दा एकरुपता अपनाउन आग्रह गरे । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं १४ स्थित चन्द्रोदय दुग्ध उत्पादक संघका अध्यक्ष पुर्ण प्रसाद तिमल्सेनाले अनुदान रकमको चेक प्राप्त गरेपछि कोभिड–१९ प्रभावित कृषकलाई राहत मिलेको बताए ।  

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १५ स्थित साना किसान कृषि सहकारीका अध्यक्ष गोपाल पौडेलले कोभिडका कारण दुग्ध कृषकले उत्पादन पनि कमि आएको र लागत बढेको बताए । उनले सरकारले उपलब्ध गराएको राहतले किसानमा उत्साह थपेको बताए । राहत रकम कृषक समूहमार्फत किसानलाई उपलब्ध गराइएको छ । कृषक समूहले उक्त रकम कृषकको बैंक खातामा उपलब्ध गराइ कृषि विकास निर्देशनालयमा भौचर उपलब्ध गराउनुपर्ने नियम रहेको छ । यसबाट किसानले प्रत्यक्ष रकम पाएको पारदर्शि हुने साना किसान सहकारीका अध्यक्ष पौडेलले बताए ।

प्रकाशित: २ श्रावण २०७७ १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App