६ आश्विन २०८१ आइतबार
image/svg+xml

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै पछिल्लो राजनितिक घटनाक्रमलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अचानक ओलीले पत्रकार सम्मेलन बोलाएका हुन्।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्षलाई मातृशोक

लगातार तीन कार्यकाल अर्थात् ९ वर्ष महोत्तरी पत्रकार महासंघको अध्यक्ष रहेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गरेका मटिहानी नगरपालिका ७ घर भएका पूर्व अध्यक्ष मण्डलको ९० वर्षीया आमा भुुनमा देवीको मंगलबार विहान उपचारको क्रममा निधन भएपछि उनलाई मातृ शोक परेको हो।

सुनसरीका कोरोना संक्रमित पत्रकार भन्छन्ः घरमै डाक्टर आउँदा आत्मबल बढ्यो

सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधि तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन्।

जोखिममा रिपोर्टिङ गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीको उच्च जोखिममा रहेका बाँकेका पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ।

पत्रकार कार्कीको निधन

गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ बजे निधन भएको हो।

महामारीसँग बचेर सूचना सम्प्रेषण गर्न आग्रह

यो समयमा आम सर्वसाधारणलाई सूचना प्रवाह गर्ने कार्य झन् महत्वपूर्ण रहेको र सूचना प्रवाह गर्दा धेरै चुनौती थपिएकोले सञ्चारकर्मीले सूचना र स्वास्थ्यमा विषेश ख्याल गर्न उनीहरूको सुझाव छ।

अहिलेको मुख्य प्राथमिकता नागरिकको स्वास्थ्य सुरक्षा : नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नु पर्नेमा गम्भीर ध्यानाकर्षण गराएको छ।

फेसबुक एकाउन्ट ह्याक गरी ठगी धन्दा

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढाको फेसबुक एकाउन्ट ह्याक गरी म्यासेन्जरबाट उनका साथीहरुसंग पैसा मागिएपछि प्रहरीमा उजुरी परेको छ।

एम्बुलेन्स सञ्चालनको तयारीमा महासंघ बाँके शाखा

कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागिएको अध्यक्ष दामोदर भण्डारीले बताए।

बर्दिबास हेल्प फाउण्डेसनद्वारा विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार सहयोग

बर्दिबास हेल्प फाउण्डेसनद्वारा महोत्तरीका पत्रकारका लागि विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार रुपैयाँ नेपाल पत्रकार महासंघलाई सहयोग गरेका छन्।

पत्रकार ढकाललाई आर्थिक सहयोग

ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार रुपैंया, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार रुपैंया र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार रुपैंया गरी २० हजार नगद सहयोग गरेको जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए।

रौतहटमा दुई संचारकर्मीको मृत्युपछि संचार क्षेत्र नै शोकमा

बुधबार साँझ पत्रकार मनोजकुमार चौधरीको मृत्युको खबर एकै छिनमा आगोझैं फैलियो । सामाजिक सञ्जाल फेसबुकभरि पत्रकार चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको तस्बिरले भरिएको देखियो । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १३औँ दिन उपचाररत अवस्थामै देहत्याग गर्न पुगेका पत्रकार चौधरीको शव जन्मधर्ती रौतहटको गरुडा नगरपालिकास्थित गाउँमै सद्गतिका लागि आउँदैछ भन्ने खबरले त झन् गाउँ नै अस्तव्यस्त बन्न पुग्यो ।

'पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षा मुख्य चुनौती'

कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकार र पत्रकारिताको अवस्था जर्जर बनिरहेको छ ।

२०७६ र २०७७ को वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पुरस्कार घोषणा, क-कसले पाउने?

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा एकैपटक गरेको हो।

९१ जना पत्रकारहरु संक्रमित

संक्रमित हुनेमा रासस, रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिका, सामुदायिक सूचना नेटवर्क, नेपाल लाइभ, पहिलो पोष्ट/विजमान्डु, नेपालखबर, इमेज, कान्तिपुर एफएम, हिमालयन टेलिभिजन, नेपाल रिपब्लिक मिडिया, अनलाइन खबर, च्यानल नेपाल, मिडिया होम, रातोपाटी र नेपाल न्यूज एजेन्सीका पत्रकारहरु रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्