७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्षलाई मातृशोक

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष हरिप्रसाद मण्डललाई मातृशोक परेको छ।

लगातार तीन कार्यकाल अर्थात् ९ वर्ष महोत्तरी पत्रकार महासंघको अध्यक्ष रहेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गरेका मटिहानी नगरपालिका ७ घर भएका पूर्व अध्यक्ष मण्डलको ९० वर्षीया आमा भुुनमा देवीको मंगलबार विहान उपचारको क्रममा निधन  भएपछि उनलाई मातृ शोक परेको हो।  

पूर्व अध्यक्ष मण्डल हाल मटिहानी नगरपालिकाको मेयरसमेत रहेको छ। लामो समयदेखि दम रोगले ग्रसित उनको आमाको मटिहानी हेल्थ केयरमा उपचारको क्रममा मंगलबार निधन भएको हो।

स्वर्गीय मण्डलको श्रीमान विन्देश्वरी प्रसाद मण्डल समेत नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष रहनुका साथ प्रेस स्वतन्त्रता सेनानी समेत रहेका छन्। स्वर्गीय मण्डलको ३ छोरा र ४ छोरी छन्।

प्रकाशित: ४ जेष्ठ २०७८ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App