६ आश्विन २०८१ आइतबार
image/svg+xml

न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद र गंगामायाले २०६९ सालमा आमरण अनसन सुरु गरेका थिए। अनशनकै क्रममा नन्दप्रसादको २०७१ असोज ६ मा निधन भएको थियो। पतिको निधनपछि पत्नी गंगामाया वीर अस्पतालमै सत्याग्रहमा छिन्।

हराएको तीन दिनपछि जंगलमा भेटियो अल्का अस्पतालका कर्मचारीको शव

बेपत्ता भएको तीन दिनपछि अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको शव शनिबार ललितपुरको जंगलमा फेला परेको छ।

मोरङमा कोरोना संक्रमितको शव अलपत्र

विराटनगरस्थित न्यूरो अस्पतालमा चार दिन अघि कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएपछि शव अलपत्र परेको थियो। जिल्ला प्रशासन कार्यालय मोरङले शव व्यवस्थापनका लागि शनिबार महोत्तरी पठाएको छ।

दक्षिण कोरियाको अस्पतालमा दुई म्याग्देलीको शव अलपत्र

रोजगारको सिलसिलामा दक्षिण कोरियामा पुगेर अवैधानिक बसोबास गरेका दुई म्याग्देलीको उपचारको क्रममा मृत्यु भएपछि शव अस्पतालमै अड्किएको छ।

दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी

सोल दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ।

भारतमा कोरोना संक्रमित नेताको शव जबर्जस्ती लगेर दाहसंस्कार, सयौं सहभागी

नियमअनुसार कोरोना संक्रमित मानिसको दाहसंस्कार प्रशासनको निगरानीमा गर्नुपर्थ्याे । तर भाजपा समर्थकको समूहले धनबाद-बोकारो मुख्य सडक नै अवरुद्ध पार्दै दबाब दिएपछि प्रशासनका अधिकारी नेता सिंहको शव परिवारलाई बुझाउन बाध्य भएका हुन् ।

सुनसरीमा एक युवकको शव फेला

सुनसरीको भोक्राहा–नरसिंहमा शनिबार (आज) एक युवाको शव भेटिएको छ। ती युवाको शव बोरामा हालेर खोलामा फ्याकिएको अवस्थामा भेटिएको हो। उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

गोंगबु गणेशस्थान नजिक सुटकेसमा टाउको विनाको शव भेटियो

गोंगबु गणेशस्थान नजिक टाउको विनाको शव फेला परेको छ। वसपार्क प्रहरीका अनुसार उक्त शव सुटकेसमा फेला परेको थियो भने टाउको केटी मिटरको दुरीमा भेटिएको छ।

कोरोनाबाट मृत्यु भएकाको शव सेनाले गर्‍यो व्यवस्थापन

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

बाढीमा बेपत्ता शाहीको शव भेटियो

बाढीमा बगेर बेपत्ता थप एक व्यक्तिको शव भेटिएको छ। बेपत्ता भजनी नगरपालिका–८ काँडाका ४२ वर्षका इश्वर शाहीको शव आज बिहान साढे आठ बजेतिर भेटिएको हो।

पहिरोले पुरिएका दुई जनाको शव फेला

दार्चुला जिल्लाको दुहुँ गाउँपालिका ३ स्थित खेती भन्ने स्थानमा रहेको एक घर पहिरोले पुरिदा बेपत्ता भएका दुई जनाको शव साउन १२ गते एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । सो घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पहिरोले पुरिएका दुवै जनाको शव फेला पारेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीलेबताए ।

तावाखोलाले बगाउँदा महिलाको ज्यान गयो

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङकी एक महिलालाई स्थानीय तावाखोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा शव फेला परेको छ ।

निलडाम र चोटसहित पुरुषको शव फेला

माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाबीचको माइखोलाछेउमा बेवारिसे शव फेला परेको छ । नामसालिङसँग जोडिएको पक्की पुलछेउ नगरपालिकापट्टि पर्ने खण्डको बगरमा ३०/३२ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो ।

जंगलमा मृत भेटिएकी युवतीको सनाखत हुन सकेन

मोरङको बेलबारीस्थित सिर्जना सामुदायिक वनमा मंगलबार साँझमा एक युवती मृत्त अवस्थामा भेटिएकी थिइन्। अन्दाजी २०/२२ वर्षिया युवती बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्था फेला परेको मोरङ प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्