१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निलडाम र चोटसहित पुरुषको शव फेला

माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाबीचको माइखोलाछेउमा बेवारिसे शव फेला परेको छ । नामसालिङसँग जोडिएको पक्की पुलछेउ नगरपालिकापट्टि पर्ने खण्डको बगरमा ३०/३२ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो ।  

टाउकामा निलडामसहित चोट लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दाहिने नाडीमा रातो र पहेंलो डोरा बाँधेको, घाँटीमा पहेंलो बुटी (जन्तर) लगाएको पुरुषको नामथर खुल्न नसकेको डिएसपी लालध्वज सुवेदीले बताए । ‘शव अहिले पोस्टमार्टमका लागि इलाम अस्पतालको शवगृहमा राखिएको छ, सनाखत हुन सकेको छैन,’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’ 

प्रकाशित: ९ श्रावण २०७७ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App