१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगलमा मृत भेटिएकी युवतीको सनाखत हुन सकेन

मोरङको बेलबारीस्थित सिर्जना सामुदायिक वनमा मंगलबार साँझमा एक युवती मृत्त अवस्थामा भेटिएकी थिइन्। अन्दाजी २०/२२ वर्षिया युवती बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्था फेला परेको मोरङ प्रहरीले जनाएको छ। ‘मृत्त भेटिएकी युवतीको बिहीबारसम्म पनि पहिचान हुन सकेको छैन,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले भने, ‘त्यहाँ शुवसँगै भेटिएको एउटा कागजको टुक्राका आधारमा र अन्य विभिन्न प्रहरी कार्यालयसँगको समन्वयमा मृत्तकको परिवार खोज्ने काम गरिरहेका छौं।’  

प्रहरीले घटनास्थलबाट एउटा ‘सुसाइड नोट’ पनि बरामद गरेको छ। सुसाइड नोट लेखेर आत्महत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ। प्रहरीका अनुसार उक्त सुसाइड नोटमा, ‘भाइबहिनी र आमालाई म धेरै माया गर्छु। मेरो शव लगेर आमालाई जिम्मा दिनू।’  

‘सुसाइड नोटमा आफ्नो घर विराटनगरको राजवंशी चोकस्थित भीम पार्कमा भएको उल्लेख गरिएको छ,’ डिएसपी थापाले भने, ‘हामीले नोटका आधारमा उक्त स्थानमा सोधीखोजी गर्दा पहिचान खुल्न नसक्दा अनुसन्धानका बाँकी प्रक्रिया अघि बढाउन समस्यान परेको छ।’ जिल्ला विभिन्न प्रहरी कार्यालयमा बुझे अनुसार अहिलेसम्म कोही पनि युवती हराएको भनेर सूचना दिन प्रहरी कहाँ नआएको र शवको सनाखत हुन नसकेको थापाले बताए। शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा राखेको प्रहरीले जनाएको छ।  

 

 

 

प्रकाशित: ८ श्रावण २०७७ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App