६ वैशाख २०८१ बिहीबार
समाज

तावाखोलाले बगाउँदा महिलाको ज्यान गयो

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङकी एक महिलालाई स्थानीय तावाखोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङकी मनमाया साँवाको तावा खोलाले बगाएर ज्यान गएको जानकारी दिए । 

आफ्नो घरबाट मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुतर्फ जान हिडेंकी उनलाई खोला तर्ने क्रममा तावाखोलामा बढेको भेलले करिव १ सय मिटर तल पुर्‍याएको थियो । काठको चोकेमा अल्झिएको अवस्थामा मनमाँयाको शव भेटिएको र शव पोष्टमार्टका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याईदै गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: ११ श्रावण २०७७ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App