६ आश्विन २०८१ आइतबार
image/svg+xml

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक, नाग्रेगगर्चे गाउँपालिका वडा ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पक्राउ गरेको हो ।

लकडाउनमा ८८ मोटरसाइकल चोरी

उपत्यकामा लकडाउन अवधिभर अहिलेसम्म ८८ वटा मोटरसाइकल तथा स्कुटर हराएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। हराएका मध्ये अहिलेसम्म ३० वटा फेला परेको र बाँकीको खोजी भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए।

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

चोरीका सामानसहित तीन जना पक्राउ

मोरङको पथरीशनिश्चरे बजारमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पथरी बजारमा विभिन्न समयमा मोटरसाइकल र पसल चोरी गर्ने समूहका तीन जनालाई सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पथरीशनिश्चरे–१० का २० वर्षीय निमा तामाङ, बेलबारी–२ का २० वर्षीय पृतिमान भण्डारी र बेलबारी–२ कै २२ वर्षीय अभिषेक कट्टेललाई चोरीको मोटरसाइकलसहित पथरीशनिश्चरे–९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चोरी भएका मोटरसाइकल प्रहरीले धनीलाई बुझायो

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।

सुन पसल चोरीमा संलग्न सार्वजनिक

नवलपरासी(बर्दघाट –सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ।

मोटरसाइकल चोरी आरोपमा १२ पक्राउ

कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।

१३ लाख बढी मूल्यको अवैध केराउ पक्राउ

चोरी निकासी गरीरहेको अवस्थामो आइतबार दिउँसो १३ लाख बढी मूल्यको सेतो केराउ कपिलवस्तुमा फत्राउ गरिएको छ ।

लकडाउनमा निकुञ्जभित्र वन्यजन्तुको चोरी शिकार गर्ने बढे

लकडाउनको मौका छोपेर लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको छ । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७५/७६ को चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा वन्यजन्तुको शिकार बढेको देखिएको छ ।

वन फँडानी र चोरी सिकारी बढ्याे

बन्दाबन्दीको अवधिमा मृग एक र जरायो तीन मृत अवस्थामा फेला परेका छन् । एक रतुवा र एक मृगलाई सुरक्षित बासस्थान छाडिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘घाइते अवस्थामा फेला परेका दुईवटा जरायो उपचारका त्रममा मरेका छन्,’ डिभिजन प्रमुख दाहालले भने, ‘बस्तीमा फेला परेको एक जरायोलाई पुनः संरक्षित क्षेत्रभित्रै छाडिएको छ ।’

महामारीको मौका छोपेर अबैध चोरी, निकासी र अतिक्रमण

कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण तथा ब्यवस्थापनमा सबैको ध्यान केन्द्रित भएको मौका छोपेर जिल्लामा अबैध चोरी, निकासी तथा वन अतिक्रमण मौलाएको छ । जिल्लाका नदी, खोलाबाट नदीजन्य पदार्थ चोरी, तस्करी तथा वन क्षेत्रमा ब्यापक रुपले अतिक्रमण बढेको हो । नदी, खोलाबाट बालुवा, ढुंगा र गिट्टी अबैध रुपमा चोरी तस्करी भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

इन्धन चोरी र मिसावट कम गर्न इआरपी प्रणाली जडान हुने

नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ।

वडा कार्यालयमा चोरी, चाेरले मास्क र सेनिटाइजर लगे

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बरं ७ कुशहवाको वडा कार्यालयमा शुक्रबार राति चोरी भएको छ । चोरहरु झ्याल तोडेर कार्यालय भित्र छिरेका थिए ।

रौतहटमा दश लाख रुपैयाँ बरामद

दुवै जनाले फालेर भागेको झोलालाई प्रहरीले चेक गर्दा दश लाख दश हजार रुपैया नेपाली रहेको पाइएको छ । फरार दुवै जनाले छाडेको ना ५४ प २११६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्