७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

वडा कार्यालयमा चोरी, चाेरले मास्क र सेनिटाइजर लगे

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बरं ७ कुशहवाको वडा कार्यालयमा शुक्रबार राति चोरी भएको छ । चोरहरु झ्याल तोडेर कार्यालय भित्र छिरेका थिए । उनीहरुले दराज तोडफोड र कागजात समेत च्यातेको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले बताए । एकान्तमा रहेको वडा कार्यालयमा तोडफोड गरिएको विषयमा प्रहरीलाई खबर गरेका थिए ।

कार्यालयको दरामा राखिएको मालपोल दस्तुर र राजस्वबाट संकलन भएको नगद ३५ हजार रुपैयाँ चोरी भएको वडा सचिव राकेश चौवेले बताए । एक महिनादेखि संकलन भएको राजस्व वडा कार्यालयमै राखिएको थियो । १ सय थान सेनिटाइजर, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेले बताए । प्रहरी चौकी बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवास्तवले घटनाको अनुसन्धान र चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको बताए । 

प्रकाशित: २४ जेष्ठ २०७७ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App