coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

६ वर्षमा ६ हजार चार सय ६८ हराए, एक हजार एक सय ९९ भेटिए

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार लकडाउन अवधि चैत ११ गतेदेखि असार २२ गतेसम्ममा मात्रै ८८ थान मोटरसाइकल हराएका छन् । महाशाखाका प्रवक्ता बामदेव गौतमले उजुरी परेका ८८ थानमध्ये ४४ थान सवारी साधनमाथि प्रहरीले खोजतलासी गरेको बताए । तिमध्ये ३० थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको उनले जानकारी दिए ।

महाशाखामा उजुरी परेको ८८ थानमध्ये हामीले ४४ थानको खोजतलासी ग¥यौं, खोजतलासपछि फेला परेका ३० थान र शंकास्पदलाई अनुसन्धान गरेपछि फेला परेको १ थान मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसक्यौं, १ थान मोटरसाइकल भने कानुनी कारवाहीको लागि पठाइएको छ, प्रवक्ता गौतमले भने, ‘फेला पर्न बाँकी रहेका मोटरसाइकलको खोजतलासको कामलाई जारी राखेका छौं ।’

महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१÷७२ देखि आर्थिक वर्ष २०७६÷७७ सम्ममा ६ हजार चार सय ६८ थान मोटरसाइकल हराएको निवेदन परेको छ । प्रहरीमा उजुरी परेकामध्ये एक हजार एक सय ९९ थान मोटरसाइकल मात्र भेटिएको तथ्यांकमा उल्लेख छ । एक सय २५ थान मोटरसाइकल र एक सय ९२ जना मानिसलाई  कारवाहीमा गरिएको छ । त्यस्तै सोही अवधिमा वेवारिसे फेला परेका ६ सय ४१ थान मोटरसाइकल भन्सारमा पठाइएको हो । सोही अवधिमा शंकास्पदको अनुसन्धान गरी दुई सय ४१ थान मोटरसाइकल सवारीसाधनका धनीलाई जिम्मा लगाइएको छ । मोटरसाइकल हराउने या चोरी हुने क्रमश बढ्दै गएको तथ्यांकमा देखाउँछ । चालु आर्थिकवर्षमा भने लकडाउनले गर्दा चोरी कम भएको अनुमान छ ।  

आर्थिक वर्ष २०७१/७२ तथ्यांक हेर्दा चार सय ८१ थान मोटरसाइकल चोरीको उजुरी प¥यो । प्रहरीले सात सय १२ वटा मोटरसाइकलमाथि अनुसन्धान ग¥यो । त्यसमध्ये एक सय १४ थान मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको छ भने शंकास्पदलाई अनुसन्धान पश्चात ३६ सवारी साधन धनीको जिम्मा लगाएको महानगरीय ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आर्थिक वर्ष ७२/७३ मा ५ सय ४४ मोटरसाइकल हराएको उजुरी परेमध्ये २ सय ८ मोटरसाइकल खोजतलास गरिएको थियो । त्यसमध्ये १ सय १३ मोटरसाइल धनीलाई बुझाएको थियो भने शंकास्पदलाई गरिएको अनुसन्धानबाट फेला परेका ४८ मोटरसाइकल धनीलाई जिम्मा लगाइएको थियो । सोही आर्थिक वर्षमा ८ थान मोटरसाइकल र १३ मानिस कारवाहीमा परेका थिए ।

आर्थिक वर्ष ७३/७४ मा १ सय ८३  थान मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको महाशाखाको तथ्यांकमा उल्लेख छ । त्यस्तै शंकास्पदलाई अनुसन्धानपछि ३५ मोटरसाइकल फेला परेका थिए । सोही अवधिमा परेका १ हजार १४ उजुरीमध्ये २ सय ९२ मोटरसाइकलको प्रहरीले खोजी प्रहरीले गरेको थियो । सोही आर्थिक वर्षमा १२ थान मोटरसाइकल र ११ मानिस कारवाहीमा परेका थिए भने बेवारिसे फेला परेका ५१ थान मोटरसाइकल भन्सारमा पठाइएको थियो ।

आर्थिक वर्ष ७४/७५ मा परेका १ हजार ३ सय ८० उजुरीमध्ये ३ सय ७६ उजुरीमाथि प्रहरीले खोजतलास ग¥यो । त्यसमध्ये २ सय ५१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको र शंकास्पदलाई गरेको अनुसन्धानपछि फेला परेका ३४ मोटरसाइकल धनीलाई जिम्मा लगाएको तथ्यांक महाशाखामा उल्लेख छ । उक्त आर्थिक वर्षमा २१ मोटरसाइकल र ३६ मानिसलाई कारवाहीका लागि पठाइएको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष ७५/७६ मा २ सय ३२  थान मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको छ । त्यस्तै शंकास्पदलाई अनुसन्धानपछि ६० मोटरसाइकल फेला परेका थिए । सोही अवधिमा परेका १ हजार ७ सय १० उजुरीमध्ये ४ सय ६ मोटरसाइकलको प्रहरीले खोजी गरेको थियो । सोही आर्थिक वर्षमा ५२ थान मोटरसाइकल र ८१ मानिस कारवाहीमा परेका थिए भने बेवारिसे फेला परेका ४२ थान मोटरसाइकल भन्सारमा पठाइएको थियो ।

त्यस्तै चालू आर्थिक वर्ष ७६/७७ मा १ हजार ३ सय ३९ मोटरसाइकल हराएको उजुरी परेमध्ये ३ सय ४९ मोटरसाइकल खोजतलास गरिएको प्रवक्ता गौतमले बताए । उनकाअनुसार खोजतलासपछि फेला परेका ३ सय ६ थान मोटरसाइल धनीलाई हस्तान्तरण गरिएको छ भने शंकास्पदलाई गरिएको अनुसन्धानबाट फेला परेका २८ मोटरसाइकल पनि धनीलाई जिम्मा लगाइएको छ । साथै यस आर्थिक वर्षमा २४ थान मोटरसाइकल र ३६ जना मानिसलाई कारवाहीका लागि पठाइएको उनले जानकारी दिए ।  

‘हराएका सवारी साधनको खोजी गर्नका लागि हामीले छुट्टै खोज तलास केन्द्र गठन गरेका छौं,’ गौतमले भने, ‘आफ्नो सवारी साधन हराएपछि सवारी धनीले हामीलाई सवारी नम्बर, सवारीको कलर र मिती दिनुहुन्छ, त्यही अनुसार खोज तलास केन्द्रले सिभिल ड्रेस लगाएर खोजतलासी गर्दै आएको छ ।’

महाशाखाका प्रमुख भिम ढकालले भने, ‘पार्किङ स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ स्थल, घरको कम्पाउड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ गरिने स्थानहरूमा राखिएको मोटरसाईकल बढी चोरी हुन्छन्।’  

चोरी हुनबाट बचाउँन लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए ।

बरिष्ठ प्रहरी उपरीक्षक एवं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी परेको आधारमा विभिन्न समयमा चेकजाँचको क्रममा र केही स्थानमा बेबारिसे अवस्थामा रहेको अवस्थामा फेला परेको बताए। उनले ती मोटरसाइकल तथा स्कुटरहरुको धनी खोजतलास गर्दा चोरी भएको पाइएको बताए।

लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकलहरु चोरी भएको पाइएको ज्ञवालीले बताए। उनले काठमाडौं उपत्यकामा चक्रपथ भन्दा बहिरको क्षेत्र र सार्वजनिक पार्किङबाट मोटरसाइकल चोरी भएको तथा हराएको उजुरी सबैभन्दा धेरै परेको जानकारी समेत दिए।

प्रकाशित: २३ असार २०७७ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App