बानेश्वरको बीच सडकमै खाल्टो
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनका अनुसार ५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।

बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ।
कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।