६ आश्विन २०८१ आइतबार
image/svg+xml

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा चोरी

यार्सागुम्बा चोरी गर्न चाेरहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा पुगेका छन् । निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ ।

लकडाउनमा वनमा काठको चोरी निकासी बढ्यो

कोरोना भाइसरका कारण जारी लकडाउनले वनमा काठको अबैध फडानी बढेको छ । लकडाउनको मौका छोपी अवैध फडानी गर्ने गिरोह रािष्ट्रय वन र साझेदारी वन क्षेत्रमा पसेका छन् । लकडाउन यता वन फडानीका घटना समेत बाहिर आएका छन् । वन तस्कहरु आफना बन्दोबस्तीका समानसहित वनमा पसेका हुन । उनीहरुले हरिया रुख फडानी गरेर त्यही गोलिया बनाई निकासी गनै गरेका छन् ।

एक साताभित्र दुई निलगाई मृत अवस्थामा

जारी लकडाउनमा कपिलवस्तुमा निलगाईको चोरी शिकारी बढेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा निलगाई मार्ने शिकारी सकृय भएका हुन । नदी खोलाको बगरमा घास चर्न आउने निलगाईलाई जालमा फसाउने र गोलीले हानेर शिकार गर्ने गरिएको स्थानीय बताउँछन् ।

दिउँसो पूजा, राति चोरी

भरतपुर महानगरपालिका २, बेलटाँडीस्थित मञ्जु खाँडको घरमा गत शुक्रबार आश्चर्यजनक चोरी भएको छ। गत मंगलबार दिउँसो खाँडको घरमा पूजा लगाउन आएका पुरेत र उनको समूहले सोही घरमा गत शुक्रबार राति सुनचाँदीका गरगहना चोरी ग-यो।

वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न अभिमुखिकरण

राष्ट्रिय निकुन्ज अन्तर्गतका वन जङ्गलमा हुने वन्यजन्तु तथा पन्क्षीहरुको अवैध चोरी सिकारी नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्र तथा मध्यवर्ती वन क्षेत्रहरुमा वर्षनी वन्यजन्तु तथा पन्क्षीहरुको चोरी सिकारी बढेपछि यसको नियन्त्रण प्रभावकारी रुपमा गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन्।

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

तीनवटा चोरीको मोटरसाइकलसहित एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। चोरीको मोटरसाइकल खरिद बिक्री आरोपमा कोल्हवि नगरपालिका ६ का नारायण चौधरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। चोरीको मोटरसाइकल खरिद बिक्रि हुँदै गर्दा कोल्हवि नगरपालिका ६ बाट प्रहरीले मोटरसाइकलसहित चौधरीलाई नियन्त्रणमा लिएको बारा प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

चोरी गर्ने पक्राउ

ललितपुरको जावलाखेलमा रहेको एक जुस पसलबाट तीन दिनअघि ३० लाख रुपैयाँसहित जिन्सी सामग्री चोरेर भाग्ने एक व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

डिजेल ट्यांकर गायब गर्ने थुनामा

अज्ञात समूहले कब्जामा लिएको बहाना बनाएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेलको ट्यांकर गायब बनाएको घटनामा अदालतले चालकसहित चारजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

९३ तोला सुन चोरी गर्ने पक्राउ

ललितपुरको पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका छन्

९३ तोला सुन चोर्ने तीन भारतीय पक्राउ

पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोरी गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्।

चोरीको आरोपमा आठ जना पक्राउ

प्रहरीले एक प्रालिबाट टीभीसहित अन्य ईलेक्ट्रोनिक्स सामानहरु चोरी गर्ने आठ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत थिमि भक्तपुरले मिलिनिया ग्लोबल प्रा.लि. को भक्तपुरमा रहेको गोदामबाट बिभिन्न कम्पनीका ६० थान टि.भी.लगायत अन्य ईलेक्ट्रोनिक्सका सामानहरु चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।

विद्युत चोरीको आरोपमा २४ जना पक्राउ

सप्तरीमा विद्युत चोरी गरेको आरोपमा २४ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

कार भाडामा लिएर गरगहना चोरी

पत्यकाका विभिन्न स्थानमा कार भाडामा लिएर धनमाल तथा बहुमूल्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको गरेको छ।

चोरीका घटना बढेपछि स्थानीयवासीको गस्ती

गत मङ्गलबार तिलोत्तमा नगरपालिका–१५ बिघा क्षेत्रमा रहेको गणेश पाण्डेको घरमा चोरी भयो। घरमा कोही नभएको मौका पारेर नगद रु २० हजारसहित गहना र अन्य सामानसमेत चोरले चोरेर लगे। प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्