६ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाईकल चोरीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान सुरु

प्रहरीले मोटरसाईकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। मकर संक्रान्तिका दिन महास्नानका रुपमा प्रशिद्ध धार्मिक स्थल परशुराम धाममा लाग्ने मेलाबाट मोटरसाईल चोरी गरी भाग्दै गरेको अवस्थामा नेपाल प्रहरीले मोटरसाईकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको थियाे।

वडा कार्यालयसहित नौ घरमा चोरी

सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानको वडा कार्यालय र आसपासमा रहेका नौ जना स्थानीयको घर तथा पसलबाट अज्ञात समूहले चोरी गरेको छ। सोमबार मध्यराति वडा कार्यालय र स्थानीयको घर तथा पसलको ढोका फोडेर नगद चोरी भएको हो।

चोरीसिकारमा संलग्न पक्राउ

वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरा प्रहरीले हतियारसहित पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ।

वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जना हतियारसहित पक्राउ

वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा अवैध घरेलु एक नाले बन्दुकसहित ७ जनालाई पक्राउ गरेको हो। पक्राउ गरेकालाई प्रहरीले वन्यजन्तुका छाला, हतियारसहित सार्वजनिक गरेको छ।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.२ दुवाकोट मोडबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

‘गल्ली ब्वाई’ लाई चोरीको आरोप

‘गल्ली ब्वाई’ फिल्म अस्कर अवार्डको छनोट चरणबाट बाहिरिएसँगै चोरी भएको आरोप लागेको छ। ९२ औं अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचरअन्तर्गत १० फिल्मले प्रतिस्पर्धा गरेका छन्।

एन्जेलिनालाई स्क्रिप्ट चोरीको आरोप

हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्मको कथा चोरीको आरोप लागेको छ। अभिनेत्री जोलीका दुई सन्तानलाई सांकेतिक भाषाको प्रशिक्षण दिइरहेकी प्रशिक्षक एन्टोनेट एब्बामोन्टेले आफ्नो विचार चोरेर अभिनेत्री जोलीले फिल्म बनाएको आरोप लगाएकी छन्।

‘ट्यांकर गायब गर्न चालक कै मिलेमतो’

अज्ञात समूहले चालकलाई कब्जामा लिएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेल ट्यांकर लहानबाट गायब पारेको भनिएको घटनामा चालक कै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उपत्यकामा एकैदिन चार ठाउँमा चोरी

उपत्यकाका एकैदिन चार ठाउँमा चोरी भएका छन्। महालक्ष्मी नगरपालिका–४, इमाडोलमा डेरा गरी बस्ने मोरङ घर भएका खड्गबहादुर राईको कोठाबाट सुनचाँदीका गरगहना गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ।

तीन बर्ष वित्यो, भेटिएनन् चन्दननाथका मूर्ति

कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरका चोरीएका मूर्ति तीन वितिसक्दा पनि भेटिएका छैनन्। केन्द्रीय अनुसन्धान ब्युरोले मन्दिरको मूर्ति चोरी घटनाको अनुसन्धानको जिम्मेवारी लिएको थियो। अहिले सम्म अनुसन्धान प्रतिवेदन सार्वजनिक हुन सकेको छैन्। न मूर्ति चोर पत्ता लागेका छन्, नत मूर्ति भेटिएका छन्, स्थानीय जगतबहादुर खत्रीले भने,‘अनुसन्धान भन्दै समय गुज्रिएको छ। जुम्लाबासीलाई गुम्रहामा पार्न खोजिएको छै। यो ठिक भएन।’

हस्तकलाका सामाग्री चोर्ने पक्राउ

प्रहरीले १२ लाख मूल्य बराबरको हस्तकलाका (काँस तथा पित्तल) सामग्री चोरी गरेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ।

चोरीमा संलग्न चार जना पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई गएराति पक्राउ गरेको हो ।

महाबौद्ध गुम्बाको मूर्ति चोरी

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ। सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिइन्। गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्