ललितपुर - पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोरी गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई काठमाडौंको सतुंगल र थानकोटबाट पक्राउ गरेको हो। सीसी टिभी फुटेको आधारमा सुरज पोदार, रंजन पोदार र रबिन पोदार पक्राउ परेका हुन्।
उनीहरुले ललितपुर महानगरपालिका– २० श्रीबहाल स्थित राजेन्द्र शाक्यको शाक्य ज्यासल (सुनचाँदी) माघ २१ गते फोडर सुन चोरी गरेका थिए। प्रहरीका अनुसार तीन जनाको समूहले बिहान ३ बजे ९३.३० तोला सुन चोरी गरेर भागेका थिए। पसलबाट २ सय ६५ तोला चाँदीका गरगहना पनि चोरी भएका थिए। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले घटनास्थलमा प्राप्त सिसिटिभी फुटेजका आधारमा उनीहरुलाई पक्रउ गरेको बताए।
प्रकाशित: २९ माघ २०७६ १२:०० बुधबार