५ आश्विन २०८१ शनिबार
image/svg+xml

मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो।

बौद्धिक चोरी आरोपमा प्राध्यापक कारबाहीमा

बौद्धिक चोरी गरेर अन्तर्राष्ट्रिय जगत्मा त्रिविको बदनाम गरेको भन्दै विश्वविद्यालयले कारबाहीको कडा कदम चालेको हो। त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्रसहित छ जनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गराएका थिए।

नमुना समाजको बेइमानी: होटल धनीले दिए राजस्व कार्यालयमा उजुरी

नमुना गाउँ निर्माणका लागि भन्दै सुर्खेतका पाँच वटा स्थानीय तहसँग २५ करोड ५० लाखको संझौता गरेको नमुना समाजले एक करोड २५ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

मोटरसाइकल चोरीको बिगबिगी

'यसबीचमा एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ', कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने, 'प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ।' प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ।

नमुना समाजको बेइमानीः होटलको नाम र पान नम्बर चोरी

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पाँच वटा टोललाई नमुना गाउँ निर्माण गर्नका लागि आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगरको नमुना समाजसँग ३ वर्षे कार्यक्रम सम्झौता गर्‍यो। ३ वर्षको अवधिमा नगरपालिकाले १ करोड ५० लाख र नमुना समाजले ५ करोड रूपैयाँ नमुना गाउँ निर्माणमा खर्चिने सम्झौतापत्रमा उल्लेख छ। सम्झौतासँगै पहिलो वर्षका लागि नगरपालिकाले २० लाख रूपैयाँ पेस्की उपलब्ध गरायो।

अवैध लागुऔषध र चोरीका सामानसहित उदयपुरमा ६ जना पक्राउ

लागुऔषध र चोरीको अभियोगमा उदयपुर प्रहरीले आधा दर्जनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै पक्राउ व्यक्ति, लागुऔषध तथा चोरीका सुनचाँदीका गहना सार्वजनिक गरेको हो ।

सिसि क्यामेराको सहायताले समातिए ९ जना सिकारी

सिसि क्यामेराको सहायताले चोरी सिकारीमा संलग्न ९ जनालाई बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले पक्राउ गर्न सफल भएको छ। बाँके, दाङ र सल्यान जिल्लामा फैलिएको निकुञ्जभित्र चोरी सिकारी हुन सक्ने आशंकामा निगरानीका लागि कार्यालयले सिसि क्यामेरा जडान गरेको छ।

चोरी भएका मोटरसाइकलसहित पक्राउ

मोटरसाइकल चोरीमा संलग्न सात जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ। झापाको बिर्तामोडलाई ‘सेल्टर’ बनाई कोठा भाडामा लिएर चोरीमा संलग्न गिरोहलाई नै प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

तेल चोर्ने नयाँ तरिका, १५ लाख रूपैयाँ जरिवाना गर्ने

तेलमा मिसावट गर्ने ट्यांकर चालकलाई नेपाल आयल निगमले धमाधम पक्राउ गरेर मुद्दा चलाउन थाले पनि तेल चोर्न नयाँ तरिका अपनाएको फेला परेको छ।

बहुमूल्य जडीबुटीको अवैध चोरी-निकासी वृद्धि

हुम्लाको चङ्खेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ। सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो।

चन्दननाथ मन्दिरबाट चोरी भएकामूर्तिसहित तीन पक्राउ

प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ।

प्रदेश राजधानीमा चोरीका घटना बढ्दै

बिहीबार राति कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तीनवटा चोरीका घटना घटे। दुईवटा मदिरा पसल र एउटा घरमा खसी चोरी भयो। यति मात्र होइन पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा चोरीका घटना बढ्दै गएका छन्।

बढ्यो काठ चोरीनिकासी

लकडाउनको अवधिमा आधा दर्जनभन्दा बढी वन फँडानीको घटना बाहिर आएको उनले बताए। तस्करहरूको निसानामा साझेदारी र राष्ट्रिय वन परेका छन। अहिले सबैभन्दा बढी बाणगंगा नगरपालिका–१० पटनामा रहेको मायादेवी साझेदारी वनमा तस्करहरू पसेको स्थानीय बताउँछन्।

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकोट गाउँपालिका वडा नं. ५ तिलखोरिया स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ९ ब्रह्मायणी बस्ने वर्ष ३८ का प्रेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्