२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो।  

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले कोटेश्वरको भाटभटेनीबाट पुस १४ मा हराएको मोटरसाइकल नम्बर परिवर्तन गरी साँखुमा चलाइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उक्त मोटरसाइकल ललितपुरका सुजित महर्जनको भएको र उक्त मोटरसाइकलको वास्तविक नम्बर बा९१प १२२१ भएको महाशाखाले जनाएको छ। मोबाइलका धनी महर्जनले दिएको निवेदनका आधारमा महाशाखाले उक्त मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।  

पक्राउ गरिएको व्यक्ति र मोटरसाइकलबारे थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महाशाखा प्रमुख भट्टराईले बताए। पछिल्लो समय उपत्यकाको विभिन्न स्थानबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना सङ्कलन एवं निगरानी राखी विशेष कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ। रासस

प्रकाशित: २१ चैत्र २०७७ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App