डोल्पाको जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु
धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ।
धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ।
सर्लाहीमा दुई समुदायबिच मैत्रीभाव राख्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा हिन्दू र मुस्लिम दुवै धर्मावलम्बीका अगुवाबिच सामाजिक सद्भाव कायम राख्न तथा शान्ति सुव्यवस्थामा कुनै किसिमको खलल पुग्न नदिन पाँच बुँदे सहमति भएको हो।
परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ। मध्य नेपाल नगरपालिका १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो।
बाग्मती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतिको सर्वदलीय सरकार निर्माणका लागि आग्रह गरेका छन्।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।
समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।
नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने गठबन्धनभित्रको सहमतिले केन्द्रसम्मै राजनीतिक संकट निम्तिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिको पहल थालेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिन लागेका छन्।
इलामको निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउने भएका छन्।
बाग्मती प्रथम हुँदा सुदूरपश्चिम दोस्रो, कोसी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचांै, कर्णाली छैटौं र मधेस प्रदेश अन्तिम स्थानमा रहे।
नयाँ गठबन्धनमा एक महिना १० दिनमै धाँजो फाटेको छ। पूर्वसहमति उल्लंघन गरेको भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल बैठक छाडेर हिँडेपछि यस्तो अनुमान गरिएको हो।
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउन हुने वा नहुने भन्ने विषयमा सरकार समर्थित दलहरूबीच बहस सुरु भएको छ।
उदयपुरमा वन प्राविधिकका पत्नीहरूको समूहले बढ्दो वातावरणीय असर घटाउने प्रयास थाल्ने भएको छ।
बाग्मती र गण्डकी प्रदेशले शुक्रबार प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलततर्फ उपाधि जितेका छन्।