५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

शितलहरले अँध्यारो तराई-मधेश (तस्बिरसहित)

विगत केही दिनदेखिको शितलहरका कारण मधेश लगायत तराईका जिल्लामा अध्यधिक जाडो बढेको छ।

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।

देशभर चिसो बढ्यो

पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ। सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ७.८ डिग्री

नेपालगञ्जमा चिसो अत्यधिक रुपले बढेको छ। चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला

‘हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,’भन्छन, निसीखोला गाउँपालिका–६ का ७४ वर्षीय वीरमान बुढामगर।

शनिवारबाट मधेसका आठै जिल्लामा शीतलहर, जोखिममा विपन्नको जीवन

जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर जसोतसो प्रत्येक वर्ष चिसो छल्छिन्।

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक फुङ्लिङ

कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।

चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

निर्माण सुरु भएको तीन दशक बित्दा पनि बनेन 'फाल्गुनन्द मार्ग'

तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो।

चिसोले रित्तिंदै हिमाली बस्ती

चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्