१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छ: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन। शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो कुरा बताएका हुन।

कार्यविधि खारेजमा मेरो संलग्नता छैन: आइटी विज्ञ रायमाझी

राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरणको सहजीकरण गर्न दिने तयारी गरिएको समाचारप्रति आइटी विज्ञ प्रकाश रायमाझीले आपत्ति जनाएका छन्।

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्विकार्य हुँदैन: महामन्त्री शर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्विकार्य नहुने बताएका छन्।

प्रधानमन्त्रीबाट अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल

प्रधानमन्त्री पुष्पकमल दाहालले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णयः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छिन्।

मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष शपथ लिएका हुन्।

लामिछानेको दोहोरो अभिव्यक्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन्।

राष्ट्रिय स्वाभिमान कायम गर्न आत्मनिर्भर बन्नुपर्छ: मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले राष्ट्रिय स्वाभिमान कायम गर्न र स्वतन्त्रता रक्षा गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन्। उनले अर्थतन्त्र बलियो बनाउने आधार पनि कृषि क्षेत्र मात्रै भएको बताए।

कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैनः योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन्।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन्।

लडाकुलाई जनही २ लाख: डा. भट्टराईको पालामा सुरु प्रक्रिया, प्रधानमन्त्री दाहालले कार्यान्वयन गर्दै

अयोग्य लडाकुलाई राज्यकोषबाट रकम दिने तयारी अहिले मात्र भएको होइन। यो तयारी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा सुरु भएको हो। यसलाई अर्का तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरन्तरता दिएका थिए। उनको पालाका अर्थमन्त्री विष्णु पौडेलले लडाकुलाई वितरण गर्ने नाममा ८४ करोड रुपैया बजेटमै छुट्टाएका थिए।

अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रति सरकार मौन बसेको भन्दै पौडेलद्वारा आक्रोश व्यक्त

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन।

प्रधानमन्त्रीका आइटी विज्ञको सधैँ चलखेल: ओलीका अस्गर अलीकै बाटोमा दाहालका प्रकाश रायमाझी

तत्कालिन प्रधानमन्त्री ओलीका सल्लाहकार अलीले जसरी पदको दुरुपयोग गरेर राज्यका संवेदनशील तथ्याङ्क र विवरणमा कब्जा जमाएर आफ्नो कम्पनीलाई पोस्ने काम गरे त्यसैगरी अहिलेका प्रधानमन्त्री दाहालका विज्ञ रायमाझीले चलखेल गर्दैछन्।

मुख्यमन्त्री चौधरीले बनाए ४ सदस्यीय मन्त्रिपरिषद्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले चार सदस्यीय मन्त्रिपरिषद निर्माण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्