२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

राष्ट्रिय स्वाभिमान कायम गर्न आत्मनिर्भर बन्नुपर्छ: मन्त्री भुसाल

तस्बिर: भीम/नागरिक

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले राष्ट्रिय स्वाभिमान कायम गर्न र स्वतन्त्रता रक्षा गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन्। उनले अर्थतन्त्र बलियो बनाउने आधार पनि कृषि क्षेत्र मात्रै भएको बताए। 

२७औं राष्ट्रिय चिया दिवस अवसरमा सूर्याेदय नगरपालिकामा आयोजित समारोहमा मन्त्री भुसालले कृषि नै समृद्धिको बलियो आधार हुने पनि बताए। ‘अरू देशका व्यापारी नेपालमा कपडा किन्न आउँदैनन्, धेरै ठूलो परिवर्तन भयो भने मात्रै हो,’ उनले भने, ‘तर, चिया किन्न त आउन थाले नि !’ मन्त्री भुसालले कृषिमा सिँचाइ र मल अभाव रहेको जनाए। 

लगानी कम गरी बढी उपलब्धि हासिल गर्न कृषि क्षेत्रमा यान्त्रीकरण आवश्यक रहेको भन्दै उनले सुलभ रूपमा किसानले प्रविधि प्रयोग गर्न नपाएको बताए। चियाको अन्तर्राष्ट्रिय बजार सम्भावना राम्रो रहेकाले गुणस्तरीय उत्पादनमा लाग्न उनले किसानलाई सुझाए। ‘अब चीनमा पनि चिया निर्यात गर्ने बाटो खुलेको छ,’ उनले भने, ‘चियाको चाहिँ अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रगति भएको छ।’ 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको कार्यक्रममा विभिन्न देशका चिया व्यापारीसमेत सहभागी भए।चियाको सिजन सुरु भएपछि आएका व्यापारीले त्यस अवसरमा विभिन्न स्थानमा उत्पादित चियाको स्वाद परीक्षण समेत गरेका छन्। 

प्रकाशित: १५ वैशाख २०८० १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App