७ वैशाख २०८१ शुक्रबार
राजनीति

कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैनः योगेश भट्टराई

फाईल तस्विर

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन।उनले कोशी प्रदेश नामाकरणको विरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भए पनि नेकपा (माओवादी केन्द्र) का संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए।

उनले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको बताए।सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए। 

प्रकाशित: १५ वैशाख २०८० १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App