१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन्।

शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए। उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए। उनले जनताले ठुला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए। उनले नेपालीहरू कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए। उनले सबै राजनीतिक दल र नेताहरु गरिबीको विरुद्धमा एकजुट हुनुपर्ने बताए। उनले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गरे।

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाए। उनले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं रहेको बताए। उनले मन्त्रीहरुले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताए। उनले भगवानहरु पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरूआफ्नो विज्ञतामा बस्नुपर्ने बताए। उनले अहिले राज्य सत्ताको सारा अंगहरु मृत्यु प्रायः रहेको दाबी गरे।

मन्त्री किराँतीले देशका कानुन संशोधन गरी अघि बढ्नुपर्ने बताए। उनले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताए। मन्त्री किराँतीले नेपालीहरूको रगत रगतमा भ्रष्टाचार रहेको बताए।

प्रकाशित: १५ वैशाख २०८० ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App