१४ असार २०८१ शुक्रबार
image/svg+xml

आइपिसिसी कार्यगत समूह उपाध्यक्षमा रूपाखेती

जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी नियोग (आइपिसिसी) को पहिलो कार्यगत समूहको उपाध्यक्ष (भाइस–चेयर) मा नेपालका डा. महेश्वर रूपाखेती निर्विराेध निर्वाचित भएका छन्।

महासंघका अध्यक्ष र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच बिहीवार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

कालोसूचीको चिनियाँ कम्पनीसँग हतियार खरिद गर्न लागेको भन्दै एलसी खोल्न मानेन बैंकले

नेपाली सेनाले कालोसूचीमा रहेको चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो।

महँगोमा चीनबाट सैन्य सामग्री किन्दै सेना

नेपाली सेनाले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले भारतबाट पनि चारवटा एपिसी किन्दै छ। भारतबाट ल्याइने एउटा एपिसीको मूल्य करिब चार करोड र चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ।

पूर्वमन्त्री र सचिव नै मानव तस्करीमा!

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल’ का नेताहरूको संलग्नता देखिएपछि अनुसन्धानमा राजनीतिक नेतृत्वबाट हस्तक्षेप हुने आशंका छ।

असल छिमेकीपनको आग्रह

मुलुकमा अहिले अस्थिर राजनीति निम्तनुमा भारतकै प्रत्यक्ष वा परोक्ष संलग्नता छ भनिन्छ। किनभने भारत कहिले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहँदैन र नेपालका नेताहरू उसको गोटी बनेर काम गरिरहेका छन्।

अर्थतन्त्र संकटमा: अयोग्य लडाकुलाई ८० करोड !

मुलुक आर्थिक मन्दीमा फस्दै गएका बेला सरकारले राज्यकोषमा अनावश्यक आर्थिक भार पर्नेगरी सशस्त्र द्वन्द्वकालका ‘अयोग्य लडाकु’ (माओवादी सेना) लाई रकम दिने तयारी गरेको छ।

विधि होइन व्यक्तिको शासन!

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै मन्त्रीपरिषद्का एक सदस्य परराष्ट्र मन्त्री डा. विमला राई पौड्याललाई निर्धारित जेनेभा भ्रमणमा जान रोक लगाएको घटना अहिले चर्चामा छ।

विभाजित विश्व सबैका निम्ति घाटा

विश्वव्यापी दरार झन गहन बन्यो भने, आणविक युद्ध अवश्यम्भावी बन्यो भने, र उत्तरी विश्वले जलवायु परिवर्तनलाई अपेक्षित हिसाबले सम्वोधन गर्न सकेन भने यसबाट सबै भन्दा ठूलो नोक्सान दक्षिणी विश्वलाई हुनेछ ।

आठ अर्बको विश्व

विश्व जनसंख्या एक अर्ब बढ्न ११ वर्ष व्यतीत भएको छ। २०औँ शताव्दीमा जनसंख्या जुन गतिमा अगाडि बढिरहेको थियो, त्यसमा केही कमी आएको छ।

सिरियामा जारी हिंसाप्रति राष्ट्रसंघीय प्रमुखको चासो

महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन्। केही दिनयताको सो हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेका पनि बताइएको छ।

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।

इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

दक्षिण अफ्रिकाको पिर्टोरियामा गएका केही दिनदेखि इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा गएका केही वर्षदेखि हिंसा जारी राखेको विद्रोही समूहका बीचमा शान्ति वार्ता भएको थियो। सो वार्तापछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका बताइएको छ।

संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव: राष्ट्रसंघ

उनले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताएका छन्। संयुक्त राष्ट्रसंघले हालैमात्र सरकारहरुले राखेका तथ्यांकमा भन्दा पनि बढी शरणार्थीहरु अफ्रिकी देशहरुमा रहेका र उनीहरुका समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि आज प्रवक्ता डुजारिकको सो प्रतिक्रिया आएको हो।

अफ्रिकामा शरणार्थीहरु संकटपूर्ण अवस्थामा रहेका राष्ट्रसंघको भनाइ

सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मंगलबार दिएको प्रतिक्रियामा उनले सो कुरा बताएका हुन्। उनले यहाँका शरणार्थीहरुका कैयौँ समस्या रहेका, उनीहरुले संकटपूर्ण अवस्थाबाट दिन काट्नु परिरहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्